बुधबार, श्रावण १४,२०८२ 02:26:07
  • बुधबार, श्रावण १४,२०८२ 02:26:07
Global IME Bank Limited

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए

Hyundai Nepal
८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत २१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर किनबेच हुँदा आज २ अर्ब ३५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये तीन समूह घटेका छन् भने १० उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटा उपसूचकमध्ये जीवन बीमा समूह ०.१८ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.०२ प्रतिशतले बृद्धि भएको छ ।  

आज ८ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक सेयरभाउ बढ्ने कम्पनीमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.९२ प्रतिशतले बढेर ७७० रुपैयाँ पुगेको छ । 

Muktinath Bikas Bank Limited

त्यस्तै,  रिलायबल नेपाल लाइफको सेयरभाउ पनि ०।८३ प्रतिशतले बृद्धि भई ४३९ रुपैयाँ ६० पैसा पुगेको छ ।  

त्यस्तै, नेशनल लाइफको ०.६२ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.५४ प्रतिशत, आरबीसीएलको ०.३६ प्रतिशत, युनाइटेड अजोडको ०.३६ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.३५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२५ प्रतिशतले बृद्धि भएको छ ।  

यसका साथै आज सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्ने कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.४० प्रतिशतले घटेर ७६३.२० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, सुर्यज्योति लाइफको ०.९० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.५७ प्रतिशत, एलआइसी नेपालको ०.५५ प्रतिशत, सलिकोको ०.४८ प्रतिशत, हिमालयन लाइफको ०.४७ प्रतिशत, हिमालयन एभरेष्टको ०.३१ प्रतिशत, शिखरको ०.२८ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२२ प्रतिशत, सिटिजन लाइफको ०.२२ प्रतिशत, आइएमई लाइफको ०.२१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२० प्रतिशत, नेपाल लाइफको ०.१७ प्रतिशत, हिमालयन रि को ०.१५ प्रतिशत र सन नेपाल लाइफको ०.१३ प्रतिशतले सेयरभाउ घटेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.