बुधबार, जेष्ठ ६,२०८३ 04:15:18
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 04:15:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेपाल रि का लगानीकर्ताले सर्वाधिक गुमाए

Laxmi Sunrise Bank Limited
तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेपाल रि का लगानीकर्ताले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०७ कम्पनीको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.४७ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसूचक ०.५४ प्रतिशतले घटेको छ । आज जम्मा ३ वटा मात्रै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा एलआइसी नेपाल रहेको छ ।

Bizshala
New Office
CG Motors

कम्पनीको सेयरभाउ ८.११ प्रतिशतले बढेर १४०० रुपैयाँ पुगेको छ । यसका साथै नेको इन्स्योरेन्सको २.८० प्रतिशतले बढेर ९५६ रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ०.२१ प्रतिशतले बढेर ९४५ रुपैयाँ पुगेको छ । आज सर्वाधिक सेयरभाउ घट्ने बीमा कम्पनीमा भने नेपाल पुनर्बीमा कम्पनी रहेको छ । 

कम्पनीको सेयरभाउ २.३१ प्रतिशतले घटेर ७९९.१० रुपैयाँ पुगेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

यसका साथै आइएमई लाइफको १.९९ प्रतिशत, हिमालयन एभरेष्टको १.७३ प्रतिशत, युनाइटेड अजोडको १.७३ प्रतिशत, रिलायबल नेपाल लाइफको १.७० प्रतिशत, हिमालयन रि को १.७० प्रतिशत, सन नेपाल लाइफको १.४६ प्रतिशत, सानिमा जिआइसीको १.४१ प्रतिशत, सिटिजन लाइफको १.१३ प्रतिशत, हिमालयन लाइफको १.०७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.९९ प्रतिशत, नेशनल लाइफको ०.८९ प्रतिशत, नेपाल लाइफको ०.८४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.६८ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.४७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.४४ प्रतिशत, सुर्यज्योति लाइफको ०.४१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४० प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३५ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.३४ प्रतिशत र एशियन लाइफको ०.३२ प्रतिशतले सेयरभाउ घटेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X