काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२.५३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.२९ प्रतिशत र निर्जीवन बीमा समूह ०.७० प्रतिशतले घटेको छ । आज तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । राष्ट्रिय बीमा कम्पनीको सेयरभाउ १.८८ प्रतिशतले बढेर १६ हजार ५९९.१५ रुपैयाँ, हिमालयन रि को सेयरभाउ १.५१ प्रतिशतले बढेर ११०३.७३ रुपैयाँ र नेशनल लाइफको १.१९ प्रतिशतले बढेर ६५४.८० रुपैयाँ पुगेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा हिमालयन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.९९ प्रतिशतले घटेर ४२४.६४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एशियन लाइफको १.२० प्रतिशत, सिटिजन लाइफको १.७९ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.३५ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.०१ प्रतिशत, आइएमई लाइफको १.३६ प्रतिशत, एलआइसी नेपालको ०.९५ प्रतिशत, नेपाल लाइफको १.७२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २ प्रतिशत, रिलायबल नेपाल लाइफको १.६४ प्रतिशत, सूर्यज्योति लाइफको ०.६० प्रतिशत, सन नेपाल लाइफको १.४३ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.१८ प्रतिशतले घटेको छ ।
यसका साथै हिमालयन एभरेष्टको २.०१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.५८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.७८ प्रतिशत, नेको इन्स्योरेन्सको ०.७० प्रतिशत, एनएलजीको १.०३ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.२९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६३ प्रतिशत, सगरमाथा लुम्बिनीको १.५८ प्रतिशत, सानिमा जिआइसीको १.६९ प्रतिशत, शिखरको १.७७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.७१ प्रतिशत र युनाइटेड अजोडको १.३३ प्रतिशतले घटेको छ ।