शनिबार, श्रावण २,२०८३ 05:13:11
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 05:13:11
Bizshala
Global IME Bank Limited

२३ बीमा कम्पनीको सेयरभाउ घट्यो, एलआइसी नेपाल र आरबीसीएलका सेयरधनीले कमाए

२३ बीमा कम्पनीको सेयरभाउ घट्यो, एलआइसी नेपाल र आरबीसीएलका सेयरधनीले कमाए
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज १५.३७ अंकले घटेर २०४८ विन्दुमा कायम हुन पुगेको छ ।  

नेप्समा सूचीकृत ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये व्यापारिक संस्था उपसूचक बाहेक सबै समूह राताम्य भएका छन् ।  

बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक ०।८२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.८३ प्रतिशतले घटेको छ । बीमा समूह घट्दा आज एलआइसी नेपाल र आरबीसीएलको मात्रै सेयरमूल्य बढेको छ ।  

एलआइसी नेपालको ०.०९ प्रतिशलते बृद्धि भई सेयरभाउ १३५६ रुपैयाँ २० पैसा पुगेको छ भने आरबीसीएलको सेयरभाउ ०.३५ प्रतिशतले बढेर १३ हजार ९४९ रुपैयाँ पुगेको छ ।  

आज २३ वटा बीमा कम्पनीको सेयरभाउ घटेको छ । सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्नेमा नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.८६ प्रतिशतले घटेर ८४२ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, सानिमा रिलायन्स लाइफको १.७४ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.७० प्रतिशत, सानिमा जिआइसीको १.६७ प्रतिशत, सलिकोको १.५९ प्रतिशत, रिलायबल नेपाल लाइफको १.५५ प्रतिशत, सिटिजन लाइफको १.४६ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.४१ प्रतिशत, शिखरको १.२७ प्रतिशत, हिमालयन रि को १.२४ प्रतिशत, हिमालयन लाइफको १.२० प्रतिशत र नेपाल रि को १.०६ प्रतिशतले सेयरभाउ घटेको छ ।  

त्यस्तै, सन नेपाल लाइफको १.०२ प्रतिशत, नेपाल लाइफको ०.९८ प्रतिशत, एशियन लाइफको ०.९३ प्रतिशत, सुर्यज्योति लाइफको ०.७६ प्रतिशत, नेकोको ०.७२ प्रतिशत, एनएलजीको ०.६४ प्रतिशत, युनाइटेड अजोडको ०.५७ प्रतिशत, आइएमई लाइफको ०.५४ प्रतिशत, हिमालयन एभरेष्टको ०.५० प्रतिशत, नेशनल लाइफको ०.२५ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.१९ प्रतिशतले सेयरभाउ घटेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.