शुक्रबार, श्रावण १,२०८३ 11:15:10
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 11:15:10
Bizshala
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट,‘सर्वोत्तम सिमेन्टमा बिक्री दबाब पर्दा घट्यो बजार’

नेप्सेमा दोहोरो अंकको गिरावट,‘सर्वोत्तम सिमेन्टमा बिक्री दबाब पर्दा घट्यो बजार’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १७.३० अंक अर्थात ०.८५ प्रतिशतले घटेर २०१८.३३ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले घटेर ३५६.५८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर ३ अर्ब २० करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्, ‘दुई–तीनवटा कारणले आज पनि बजारमा गिरावट आयो । आज सर्वोत्तम सिमेन्टको सेयरमा  बिक्री दबाब पर्दा बजार घट्न पुग्यो । आईपीओ पर्नेहरुले सेयर बिक्री गर्न थाले । बजारमा चैत मसान्तको पनि प्रभावले गर्दा लगानीकर्ताले सेयर बिक्री गरेको देखियो ।’

यसका साथै प्राविधिक विश्लेषणका आधारमा लगानी गर्नेहरुले समेत सेयर बिक्री गर्दा बजारमा दबाब सिर्जना भएको उनले बताए ।  

अर्का बजार जानकार दामोदर गजुरेल पनि सर्वोत्तम सिमेन्टमा बिक्री दबाब पर्दा बजार घट्न पुगेको बताउँछन् । ‘सप्लाई बढ्दै जादा लगानीकर्ताको मनोबल घटेको छ । नयाँ सरकार पनि अलमलमै हुँदा लगानीकर्ता ढुक्क भएर लगानी गर्ने अवस्थामा छैनन् । आज ठूलो लगानीकर्ताले पनि सेयर बिक्री गरेको देखिन्छ ।’

गजुरेलका अनुसार धेरैजसो चैत महिनामा बजार खस्ने नै भएकाले बजार एकपटक २ हजार विन्दुबाट तल आउन सक्छ ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये निर्जीवन बीमा समूहबाहेक अन्य सबै समूहमा गिरावट आएको छ । निर्जीवन बीमा समूह ०.१२ प्रतिशतले बढ्यो ।  

बैंकिङ समूह ०.५३ अंकले घटेको आज विकास बैंक १.०९।वित्त ०.६२,होटल ०.७६,हाईड्रो ०.०८,लगानी ०.७९,जीवन बीमा ०.९९,उत्पादन तथा प्रशोधन ३.६५,लघुवित्त १.२०,म्युचुअल फण्ड ०.७३,अन्य ०.७१ र व्यापार समूह १.७४ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज सर्वोत्तम सिमेन्टको सर्वाधिक अर्थात २८ करोड ६८ लाख बढीको सेयर कारोबार भएको छ ।  

यस्तै गोर्खाज फाइनान्सको १२ करोड ५६ लाख,शिवम् सिमेन्टको ११ करोड ५५ लाख,हाथवे इन्भेष्टमेन्टको ९ करोड ५८ लाख र रिभर फल्स पावरको ९ करोड ८ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीसँगै्र सकारात्मक सर्किट लाग्यो । यो दिन उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ७.७४ र मन्दाकिनी हाईड्रोको सेयरमूल्य ७.०८ प्रतिशतले बढेको छ ।  

यो दिन सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घटेको छ । बोटलर्स नेपाल(बालाजु)ंको सेयरमूल्य ७.६४ प्रतिशतले घटेको आज सीवाईसी लघुवित्तको ५.८२ र समाज लघुवित्तको सेयरमूल्य ५.७७ प्रतिशतले घट्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.