मंगलवार, माघ २०,२०८२ 06:22:48
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 06:22:48
Bizshala
Global IME Bank Limited
Bizshala

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन लाइफ इन्स्योरेन्स

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन लाइफ इन्स्योरेन्स
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.५४ अंकले घटेर २६३५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३३ कम्पनीको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ ।

Bizshala
Garima Development Bank
New Office

जीवन बीमा समूह ०.१८ प्रतिशत र निर्जीवन बीमा समूह ०.१४ प्रतिशतले घटेको छ । आज ११ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.३९ प्रतिशतले बढेर १२४२ रुपैयाँ पुगेको छ ।

त्यस्तै, एनएलजीकामे ०.०१ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.०८ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.१७ प्रतिशत, सानिमा जिआइसीको ०.२७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५१ प्रतिशत, एशियन लाइफको ०.०२ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.१४ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.५१ प्रतिशत, नेपाल लाइफको १.१७ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.१६ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउनेमा भने हिमालयन लाइफ रहेको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

कम्पनीको सेयरभाउ १.२९ प्रतिशतले घटेर ३६६.३० रुपैयाँ कायम भएको छ । सिटिजन लाइफको ०.७३ प्रतिशत, आइएमई लाइफको ०.२३ प्रतिशत, एलआइसी नेपालको १.०२ प्रतिशत, नेशनल लाइफको ०.२४ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६४ प्रतिशत, सूर्यज्योति लाइफको १ प्रतिशत, सन नेपाल लाइफको ०.६३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२८ प्रतिशत, हिमालयन एभरेष्टको ०.२८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.०२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१८ प्रतिशत, नेको इन्स्योरेन्सको ०.०२ प्रतिशत, आरबीसीएलको ०.९४ प्रतिशत, शिखरको १.०८ प्रतिशत, युनाइटेड अजोडको ०.६४ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.५४ प्रतिशतले घटेको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.