शनिबार, श्रावण २,२०८३ 10:14:06
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 10:14:06
Bizshala
Global IME Bank Limited

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३०६ कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी ९ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.५४ प्रतिशत र निर्जीवन बीमा समूह ०.२४ प्रतिशत बृद्धि भएको छ । बीमा समूह घट्दा आज दुईवटा बीमा कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । राष्ट्रिय बीमा कम्पनीको सेयरभाउ १.४७ प्रतिशतले बढेर १३ हजार ३९४.७० रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.०९ प्रतिशतले बढेर ७७७.७० रुपैयाँ पुगेको छ । 

आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरमूल्य २.०८ प्रतिशतले घटेर ५६६ रुपैयाँ कायम भएको छ । यसका साथै सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.४५ प्रतिशत, सन नेपाल लाइफको १.२६ प्रतिशत, नेपाल लाइफको ०.९८ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.८२ प्रतिशत, हिमालयन लाइफको ०.७५ प्रतिशत, एशियन लाइफको ०.६८ प्रतिशत, सुर्यज्योति लाइफको ०.६५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६१ प्रतिशत, आइएमई लाइफको ०.५३ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.४६ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.४३ प्रतिशत र नेशनल लाइफको ०.४२ प्रतिशतले सेयरमूल्य घटेको छ । 

त्यस्तै, नेको इन्स्योरेन्सको ०.३१ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.३० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३० प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.२९ प्रतिशत, एलआइसी नेपालले ०.२८ प्रतिशत, सिटिजन लाइफको ०.२१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.१५ प्रतिशत र सानिमा जिआइसी इन्स्योरेन्सको ०.०६ प्रतिशतले सेयरभाउ घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.