शुक्रबार, श्रावण १,२०८३ 09:12:02
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 09:12:02
Bizshala
Global IME Bank Limited

३० अंकको गिरावटका साथ २६ सय विन्दु तल आईपुग्यो नेप्से, नयाँ आर्थिक वर्षबाट बजार सम्हालिने लगानीकर्ताको विश्वास

३० अंकको गिरावटका साथ २६ सय विन्दु तल आईपुग्यो नेप्से, नयाँ आर्थिक वर्षबाट बजार सम्हालिने लगानीकर्ताको विश्वास
New Office

काठमाण्डौ । पहिलो कारोबार दिन सेयबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१७ प्रतिशत अर्थात ३०.६० अंकले घटेर २ हजार ५७०.१८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले घटेर ४५०.५५ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३६८ वटा स्क्रिप्टको ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ७ अर्ब ४६ करोड ८४ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ६ अर्ब ८६ करोड ७ लाख बढीको सेयर कारोबार भएको थियो।

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘बजारलाई धेरै फ्याक्टरले इफेक्ट गरेको छ, पहिलो त पोलिटिकल सेनारियो हो । अहिले राज्यको विभिन्न खालका क्रियाकलापप्रति सर्वसाधारणहरु असन्तुष्ट छन्, व्यवसायी र लगानीकर्तामाथि गरेको धरपकडले त्रसित हुने अवस्था छ । साथै अहिले बजार नेगेटिभ हुनुको अर्को कारण भनेको मसान्तको दबाब पनि हो । ठूला–ठूला लगानीकर्ता वा संस्थागत लगानीकर्ताहरुले हिसाबकिताब मिलान गर्न सेयर बेचेको हुन सक्छ । बैंक र इन्स्योरेन्स कम्पनीहरुले आफ्नो स्वामित्वमा भएको सेयर बेचेका छन् ।

उनले थपे, ‘यसबाहेक अहिले लगानीकर्ताले चाहेर पनि सेयरमा लगानी गर्न पाइरहेका छैनन् । ब्रोकर कम्पनीहरुले लिमिट नराख्दा लगानीकर्ताले प्रयाप्त सेयर किन्न पाइरहेका छैनन् । सम्भवतः अब नयाँ आर्थिक वर्ष सुरु भइसकेपछि बजार केही सम्हालिन सक्छ । मसान्तको दबाब सकिएपछि संस्थागत लगानीकर्ताहरुले सेयर किन्नेछन् र राज्यले पनि लगानीकर्तालाई कन्फिडेन्ट दिलायो भने बजार अवश्य फर्किनेछ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक घट्यो यो समूह आज २.३० प्रतिशतले घट्यो। यस्तै बैंकिङ समूह ०.६८ प्रतिशत, विकास बैंक ०.८३, फाइनान्स १.३२, होटल १.९९, हाईड्रो १.९८, लगानी ०.८८, जीवन बीमा १.०७, उत्पादन तथा प्रशोधन १.३६, लघुवित्त ०.८७, म्युचुअल फण्ड ०.८१, निर्जीवन बीमा ०.७५ र अन्य ०.८५ प्रतिशतले घट्यो ।  

सर्वाधिक कारोबार हुने कम्पनी

आज एाएमबी डिबेञ्चर २०८७/८८ को सर्वाधिक कारोबार भयो । यो डिबेञ्चरको आज ४८ करोड ४६ लाख बढीको सेयर कारोबार भयो । यस्तै एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को ४६ करोड ६५ लाख, एभरेष्ट बैंक डिबेञ्चर २०९१ को ३७ करोड १० लाख र १० प्रतिशत सानिमा बैंक डिबेञ्चर २०८९ को २७ करोड ९७ लाख बढीको कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य आज ५.३७ प्रतिशतले बढ्यो ।

यस्तै सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ५.३१ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ५ र प्रभु बैंक डिबेञ्चरको मूल्य ४.५९ प्रतिशतले बढ्यो ।

यो दिन उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ११.२८ प्रतिशतले घट्यो । यस्तै बुद्धभूमि नेपाल हाईड्रोको सेयरमूल्य ७.४७ प्रतिशत र दिव्यश्वरी हाईड्रोको सेयरमूल्य ६.५१ प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.