शनिबार, श्रावण २,२०८३ 06:01:34
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 06:01:34
Bizshala
Global IME Bank Limited

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो, दुई कम्पनीमा अपर सर्किट

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो, दुई कम्पनीमा अपर सर्किट
New Office

काठमाण्डौ । आजपनि सेयरबजार सामान्य अंकले आरोलो लागेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२३ प्रतिशत अर्थात ६.३१ अंकले घटेर २ हजार ७०५.४५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले घटेर ४६४.६४ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३५५ वटा स्क्रिप्टको १ करोड ७ लाख ८ हजार ५९५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४ करोड ७८ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ४१ करोड बढीको सेयर कारोबार भएको थियो।

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये दुईवटा समूह बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार र म्युचुअल फण्ड समूह मात्रै बढे । यी समूहहरु क्रमशः०.३१ र ०.०५ प्रतिशतले बढे ।

यो दिन फाइनान्स समूह सर्वाधिक अर्थात ०.६० प्रतिशतले घट्यो । यस्तै विकास बैंक समूह ०.४१, बैंकिङ ०.३२, होटल ०.१६, हाईड्रो ०.२८, लगानी ०.२७, जीवन बीमा ०.२०, उत्पादन तथा प्रशोधन ०.१४, लघुवित्त ०.११, निर्जीवन बीमा ०.४० र अन्य ०.०६ प्रतिशतले घटे ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ३१ करोड ९९ लाख बढीको सेयर कारोबार भयो । यस्तै सिद्धार्थ बैंकको १८ करोड २७ लाख, रिलायन्स स्पिनीङ मिल्सको १५ करोड ५ लाख, राँवा इनर्जीको १३ करोड ४१ लाख र बुङ्गल हाईड्रोको १२ करोड १६ लाख बढीको सेयर कारोबार भयो ।  

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज सोपान फर्मास्युटिकल्स र एपोलो हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै दोल्ती पावरको सेयरमूल्य ६.६१ प्रतिशत, बुङ्गल हाईड्रोको ५.३५ र मेन्छियाम हाईड्रोको सेयरमूल्य ५.१९ प्रतिशतले बढ्यो ।

यो दिन सयपत्री हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ४.९० प्रतिशतले घट्यो । युनियन नेपाल लघुवित्तको सेयरमूल्य पनि आज ४.०३ प्रतिशत, कालिञ्चोक हाईड्रोको ३.५४ र रिलायन्स स्पिनीङ मिल्सको सेयरमूल्य ३.४१ प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.