बुधबार, जेष्ठ ७,२०८२ 10:20:04
IME remit
  • बुधबार, जेष्ठ ७,२०८२ 10:20:04
IME remit
Global IME Bank Limited

नवनियुक्त गभर्नरप्रति अनुदार सेयरबजार, करिब ८ अंकले घट्यो

Hyundai Nepal
नवनियुक्त गभर्नरप्रति अनुदार सेयरबजार, करिब ८ अंकले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२९ प्रतिशत अर्थात ७.९४ अंकले घटेर २ हजार ६६९.५१ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले घटेर ४५०.८४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले नवनियुक्त गभर्नरलाई बधाई दिदै भने,  ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक अवस्था बुझेका व्यक्ति गभर्नर नियुक्त भएका छन् । यसले समग्र अर्थतन्त्र तथा पूँजी बजारलाई टेवा पुग्ने छ । लगानीकर्ताका केही मागहरु पनि पुरा गर्ने, क्याप हटाउने, जोखिमभार घटाउने जस्ता कार्य गभर्नरबाट हुने अपेक्षा गर्न सकिन्छ ।’

उनले आजको बजारको करेक्सनले बजार थप मजबुत बनेको र कारोबार पनि साढे १० अर्ब माथि पुगेको बताए । उनले ढिलै भएपनि योग्य व्यक्ति गभर्नर नियुक्त गरेकोमा सरकारलाई धन्यावाद पनि दिए ।  

त्यस्तै अर्का बजार जानकार प्रेम ओलीले लगानीकर्ताको अपेक्षा धेरै भएको तर नवनियुक्त गभर्नरले पूँजी बजारको विषयमा केही नबोलेका कारण पहिलो प्रहरमा बढेको बजारमा करेक्सन आएको बताए । ‘बजारमा कारोबारी हाबी भएका कारण बजारमा आज करेक्सन आएको छ । तर बजारलाई कारोबारको साथ भने रहेको छ । आगामी दिनमा भने बजारले सकारात्मक बाटो समात्ने देखिन्छ,’ उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छायो भने अन्य ९ वटा समूहमा रातो पोतियो । बैंकिङ समूह आज ०.२६ प्रतिशत,विकास बैंक ०.२३, म्युचुअल फण्ड ०.२४ र निर्जीवन बीमा समूह ०.१३ प्रतिशतले बढ्यो ।  

हाईड्रो समूह आज सर्वाधिक घट्यो । यो समूह आज ०.८९ प्रतिशतले घट्यो । फाइनान्स समूह पनि आज ०.२० प्रतिशत, होटल ०.२०, लगानी ०.३५, जीवन बीमा ०.०६, उत्पादन तथा प्रशोधन ०.६८,लघुवित्त ०.४९, अन्य ०.७२ र व्यापार समूह ०.०४ प्रतिशतले घट्यो ।  

Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७१ करोड ३ लाख बढीको सेयर कारोबार भयो । माउन्टेन इनर्जीको पनि आज ५९ करोड १० लाख, ङादी ग्रुप पावरको ५७ करोड ८३ लाख, युनिभर्सल पावरको ४३ करोड २२ लाख र हिमालयन रि इन्स्योरेन्सको ३७ करोड २९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.९९ प्रतिशतले बढ्यो ।  

सिन्धु विकास बैंकको सेयरमूल्य पनि आज ५.७९ प्रतिशत,सप्तकोशी डेभलपमेन्ट बैंकको ५,साङ्ग्रिला डेभलपमेन्ट बैंकको ४.४२ र एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ३.७८ प्रतिशतले बढ्यो ।  

बाराही हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.२७ प्रतिशतले घट्यो । यस्तै मातृभूमी लघुवित्तको ६.८० प्रतिशत,बोटलर्स नेपाल(बालाजु)को ५.८८ र स्वेत गंगा हाईड्रोको सेयरमूल्य ४.८१ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.