शनिबार, श्रावण २,२०८३ 05:13:10
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 05:13:10
Bizshala
Global IME Bank Limited

सेयरबजारमा भारी गिरावट, सबै समूह राताम्मे

सेयरबजारमा भारी गिरावट, सबै समूह राताम्मे
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजारमा ठूलो गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ३.७९ प्रतिशत अर्थात् १०५.५० अंकले घटेर २ हजार ६७६.६८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.३० प्रतिशतले घटेर ४५७.६१ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३४५ वटा स्क्रिप्टका ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँभन्दा बढी पुगेको छ।  

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमा रातो पोतियो । आज अन्य समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ६.०९ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ३.३२ प्रतिशत, विकास बैंक ४.३२, फाइनान्स ३.९४, होटल ३.०४,हाईड्रो ४.८४, लगानी ३.३२, जीवन बीमा ३.५९, उत्पादन तथा प्रशोधन १.३३, लघुवित्त ३.४३, म्युचुअल फण्ड १.०३, निर्जीवन बीमा ३.८६ र व्यापार ३.५८ प्रतिशतले घट्यो ।  

सर्वाधिक कारोबार हुने कम्पनी

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ५८ करोड २८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यसैगरी शिवम् सिमेन्टको ४५ करोड २५ लाख, ङादी ग्रुप पावरको ४२ करोड ६ लाख, नेशनल हाईड्रोपावरको ३६ करोड ७६ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ३४ करोड ४९ लाख बढीको सेयर कारोबार भएको छ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरूमध्ये ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाईड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेस्ट इन, सुपर खुदी हाईड्रो र सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

आज तीनवटा कम्पनीको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रि इन्स्योरेन्स र भूगोल इनर्जीको सेयरमूल्यमा लोअर सर्किट लाग्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.