शुक्रबार, श्रावण १,२०८३ 09:34:28
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 09:34:28
Bizshala
Global IME Bank Limited

दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने बढ्यो

दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने बढ्यो
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९७ प्रतिशत अर्थात २७.९० अंकले घटेर २ हजार ८२२.४६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ४८५.४१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर १० अर्ब २१ करोड १ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार गत बिहिबारको तुलनामा भने बढी हो । उक्त दिन ८ अर्ब ५३ करोड बढीको सेयर कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार अजय सिंह थापा(जयशम्भु) भन्छन्,   गूड न्यूज आएपछि सेयर बिक्री गर्ने मनोविज्ञानका कारण कम्पनीहरुको चौथौ त्रैमासको रिपोर्ट राम्रो आएपनि बजारमा बिक्री दबाब आयो । यस्तै अब यस सिजनका गूड न्यूजहरु पनि लगभग सकिसके । प्राविधिक रुपमा पनि बजारको माथि लाग्ने वेब सकिएको देखिन्छ ।’

त्यही कारण डिसेम्बर अघि बजारमा ठूलो र्यालीको सम्भावना कमै रहेको र सानोतिनो बढोत्तरी भने हुन सक्ने उनले बताए ।  

अर्का बजार जानकार सरोज भट्टराईले मुख्य गरी दुई–तीनवटा कारणले बजारमा गिरावट आएको बताए । सीडीएससीको आईजीनको विषय, प्रि–आईपीओमार्फत बजारबाट पैसा बाहिरिनु, ठूलो कारोबारसँगै ठूला लगानीकर्ता बजारबाट निस्कनु र ठूला चाडपर्व नजिकिएका कारण बजारमा गिरावट आएको उनले बताए ।  

यस्तै साना लगानीकर्ताले आत्तिएर सेयर बेचेका कारण समेत आज बजारमा गिरावट आएको उनले बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज म्युचुअल फण्ड र अन्य समूह मात्रै बढे । यी समूहहरु आज क्रमशः ०.३२ र ०.२६ प्रतिशतले बढे ।  

विकास बैंक समूह आज सर्वाधिक अर्थात २.४३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि ०.३३ प्रतिशत, फाइनान्स १.३१, होटल १.०६, हाईड्रो १.५०, लगानी १.०३, जीवन बीमा ०.९८,उत्पादन तथा प्रशोधन ०.७८, लघुवित्त २.३३, निर्जीवन बीमा १.१४ र व्यापार समूह १.५९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५३ करोड ८८ लाख बढीको सेयर कारोबार भयो । हिमालयन रि इनस्योरेन्सको पनि आज ४२ करोड ८३ लाख, नेपाल पुनर्बीमा कम्पनीको ३६ करोड ६० लाख, साहस उर्जाको ३६ करोड ४५ लाख र बुटवल पावरको २९ करोड ७१ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । रिभर फल्स पावरको सेयरमूल्य आज ९.९९ प्रतिशतले बढ्यो ।  

यसैगरी पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य ६.८७ प्रतिशत र बृद्धभूमी नेपाल हाईड्रोको सेयरमूल्य ३.४७ प्रतिशतले बढ्यो ।  

उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.६४ प्रतिशतले घट्यो । लिबर्टी इनर्जीको सेयरमूल्य पनि आज ७.०६ प्रतिशत,ट्रेड टावरको ६.९९ र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५.७४ प्रतिशतले घट्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.