शनिबार, श्रावण २,२०८३ 09:57:25
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:57:25
Bizshala
Global IME Bank Limited

सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो

सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.२८ प्रतिशत अर्थात ७.३९ अंकले बढेर २ हजार ६१४.०७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०६ प्रतिशतले बढेर ४४७.०५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३१ वटा स्क्रिप्टको ८७ लाख ४२ हजार ८४ कित्ता सेयर ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । अघिल्लो दिन भने ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘केही दिनयता लगातार घटेको बजार आज सामान्य अंकले बढेर थोरै राहत मिलेको छ, तर समग्रमा बजार अझैपनि साइडवेजमै बसेको देखिन्छ । अहिलेको पूँजीबजार राजनीतिक चेपटामा परेर गिजोलिएको छ । जबसम्म स्थिर सरकार बन्नका लागि राजनीतिक अवस्था केही हदसम्म साम्य बन्दैन तबसम्म लगानीकर्तामा एक किसिमको त्रास कायम रहिरहन्छ । भोलिका दिनमा चुनाव हुने निश्चित भई माहोल राम्रो बन्दै गएमा मात्रै लगानीकर्ताहरु बजारमा प्रवेश गर्न सक्छन् । अहिले लगानीका लागि उचित समय भएपनि लगानीकर्ताहरु लगानी गर्ने वा नगर्ने भन्ने विषयमा अन्योलमा छन् । अधिकांश लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा नै छन् ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये ९ वटामा हरियाली छायो भने ४ वटामा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात ०.८८ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.३१ प्रतिशत, फाइनान्स ०.४०, हाईड्रो ०.८४,  लगानी ०.१६, जीवन बीमा ०.८२, उत्पादन तथा प्रशोधन ०.५३, म्युचुअल फण्ड ०.३७ र अन्य ०.३४ प्रतिशतले  बढ्यो ।

निर्जीवन बीमा समूह आज सर्वाधिक अर्थात ०.१७ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.१२, लघुवित्त ०.०६ र व्यापार ०.०१ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३१ करोड ९२ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै लक्ष्मी सनराइज बैंकको ११ करोड १४ लाख, राधी विद्युत कम्पनीको ९ करोड ९१ लाख, युनिभर्सल पावर कम्पनीको ८ करोड ६४ लाख र हिमालयन रि इन्स्योरेन्सको ८ करोड २८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज स्वस्तिक लघुवित्त, माथिल्लो मैलुङखोला जलविद्युत र श्रीनगर एग्रोटेकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै स्वेत गंगा हाईड्रोपावरको सेयरमूल्य ८.७६ प्रतिशत, सुपर मादी हाईड्रोपावरको ८.१० र भिजन लुम्बिनी उर्जाको सेयरमूल्य ७.२५ प्रतिशतले बढ्यो ।  

यो दिन हिम स्टार उर्जा कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ३.८८ प्रतिशतले घट्यो । मिथिला लघुवित्तको सेयरमूल्य पनि आज ३.४६ प्रतिशत र कालिका लघुवित्तको ३.३२ प्रतिशतले घट्यो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.