शुक्रबार, श्रावण १,२०८३ 07:07:19
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 07:07:19
Bizshala
Global IME Bank Limited

धितोपत्र बोर्डको पहलकदमीसँगै सेयरबजारमा दोहोरो अंकको सुधार, कारोबार रकम भने ह्वात्तै घट्यो

धितोपत्र बोर्डको पहलकदमीसँगै सेयरबजारमा दोहोरो अंकको सुधार, कारोबार रकम भने ह्वात्तै घट्यो
New Office

काठमाण्डौ । बुधबारको कारोबारमा सेयबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५४ प्रतिशत अर्थात १४ अंकले बढेर २ हजार ५९०.२९ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले बढेर ४५३.९४ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३६२ वटा स्क्रिप्टको ८४ लाख ६९ हजार ११० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब १६ करोड ४३ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ८ अर्ब ४१ करोड बढीको सेयर कारोबार भएको थियो।

आजको बजारबारे बजार नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘लगातार खस्किएको बजार हिजोदेखि घट्ने क्रम रोकिएको छ, विशेषगरी असार मसान्तका कारण बजारमा दबाब सिर्जना भएको थियो । लगानीकर्ता लगायत ब्रोकरहरुले हिसाब मिलान गर्नका लागि सेयर बेच्दा सेलिङ प्रेसर आएको थियो । अब बजार विस्तारै सुधार हुँदै जान्छ ।’

उनले थपे, ‘नेपाल धितोपत्र बोर्डले हिजो सार्वजनिक गरेको पूँजीबजार नीतिमा धेरै कुरा समेटिएको छ । बजार सुदृढ बनाउनका लागि ल्याएको नीतिहरु कार्यान्वयन भएमा बजार अवश्य दिगो बन्ने देखिन्छ । अहिलेको बजारमा चाहिएको भनेकै लगानीकर्ताको कन्फिडेन्ट हो । यदि बोर्डको नीति कार्यान्वयन हुने हो भने बजारले अवश्य लय लिने देखिन्छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज विकास बैंक समूह सर्वाधिक बढ्यो । यो समूह आज १.३७ प्रतिशतले बढ्यो। यस्तै बैंकिङ समूह ०.७४ प्रतिशत, फाइनान्स ०.५०, होटल ०.६१, हाईड्रो ०.४७, जीवन बीमा ०.५४, उत्पादन तथा प्रशोधन ०.५७, लघुवित्त ०.२७, निर्जीवन बीमा १.०३, अन्य ०.३७ र व्यापार समूह ०.६० प्रतिशतले घट्यो ।  

आज लगानी समूह मात्रै घट्यो । यो समूह आज ०.४६ प्रतिशतले घट्यो । म्युचुअल फण्ड समूह भने आज अपरिवर्तित रह्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज हिमालयन बैंक डिबेञ्चर २०८३ को सर्वाधिक कारोबार भयो । यो डिबेञ्चरको आज ४४ करोड १० लाख बढीको सेयर कारोबार भयो । यस्तै आरबीबीएल डिबेञ्चर २०८८ को ३३ करोड २० लाख, एनआईसी एशिया डिबेञ्चर २०८३÷८३ को २१ करोड ८९ लाख र सिद्धार्थ बैंकको १५ करोड ३४ लाख बढीको कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज एनएमबी डिबेञ्चर २०८९÷२०९० को मूल्य सर्वाधिक बढ्यो । यो बैंकको डिबेञ्चरको मूल्य आज ९.२० प्रतिशतले बढ्यो ।

यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयमूल्य ८.४० प्रतिशत, थ्रीस्टार हाईड्रोपावरको ६.२१, सागर डिष्ट्रिलरीको ६.०३ र मन्जुश्री फाइनान्स डिबेञ्चरको मूल्य ५.९८ प्रतिशतले बढ्यो ।

यो दिन उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ७.३२ प्रतिशतले घट्यो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.