बुधबार, जेष्ठ ६,२०८३ 03:25:09
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 03:25:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२ दिनमा १०५ अंकले घट्यो नेप्से, जानकार भन्छन् ‘राजनीतिक विषय मुख्य कारण’

Laxmi Sunrise Bank Limited
२ दिनमा १०५ अंकले घट्यो नेप्से, जानकार भन्छन् ‘राजनीतिक विषय मुख्य कारण’
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१४ प्रतिशत अर्थात ५७.९९ अंकले घटेर २ हजार ६३९.९२ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.२८ प्रतिशतले घटेर ४७६.२४ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१९ वटा स्क्रिप्टको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर ५ अर्ब ९० करोड ७ लाख ९१ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Bizshala
New Office
CG Motors

आजको बजारको विषयमा बजार जानकार अजय सिंह थापा(जयशम्भु) भन्छन् ‘लगातार यसरी बजार घट्नुमा मुख्य कारण राजनीतिक नै हो । रबी लामिछानेको केसले सरकार परिवर्तन होला वा ठूलो आन्दोलन होला भन्ने डरले लगानीकर्ता डराएको देखिन्छ ।’

यी बाहेक अन्य कुनै कारण नभएको र बैंकहरुको रिपोर्ट पनि राम्रो नै आउन सक्ने आँकलन थापाको रहेको छ । प्राविधिक रुपमा अब बोलिङ्गरको मध्य ब्याण्ड अर्थात २६ सय आसपास बलियो सपोर्ट रहेको उनले बताए ।  

त्यसैगरि, अर्को  बजार जानकार विरेन्द्र विष्टले पनि आज बजार घट्नुमा राजनीतिक कारण नै मुख्य विषय रहेको दाबी गरे । अब ७ गतेसम्म बैंकको रिपोर्ट आउने र बजारमा सकरात्मक माहोल बन्नेमा विष्ट विश्वस्त देखिए। ‘अब बजार २६ सय विन्दुमा बलियो सपोर्ट लिएर फर्कन्छ’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतिएको छ । यो दिन वित्त समूहमा सर्वाधिक गिरावट आएको छ । वित्त समूह आज ३.३८ प्रतिशतले घटेको छ । यस्तै बैंकिङ समूह २.३० प्रतिशत,विकास बैंक १.७८, वित्त ३.३८,होटल १.६६,हाईड्रोपावर २.०५,लगानी २.५१,जीवन बीमा २.१५,उत्पादन तथा प्रशोधन १.६५,लघुवित्त १.८९,म्युचुअल फण्ड ०.७२,निर्जीवन बीमा १.७६,अन्य २.३४ र व्यापार समूह ०.२८ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Shivam Cement
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २२ करोड ३ लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको आज १७ करोड ७६ लाख, कुमारी बैंकको १७ करोड ६८ लाख,गुडविल फाइनान्सको १४ करोड २४ लाख र नेपाल फाइनान्सको १३ करोड ९६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै कालिका लघुवित्तको सेयरमूल्य ५.५२ प्रतिशत,पिपुल्स हाईड्रोपावरको ४.८४ र मानुषी लघुवित्तको सेयरमूल्य ३.९९ प्रतिशतले बढ्यो ।  

ङादी ग्रुप पावरको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.२० प्रतिशतले घट्यो । गूडविल फाइनान्सको सेयरमूल्य ५.६५ प्रतिशतले घटेको आज छ्याङदी हाईड्रोको सेयरमूल्य ४.७९ र इष्टर्न हाईड्रोको सेयरमूल्य ४.७५ प्रतिशतले घट्यो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X