शुक्रबार, श्रावण १,२०८३ 01:48:49
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 01:48:49
Bizshala
Global IME Bank Limited

झिनो अंकको वृद्धिका साथ कारोबारमा गिरावट,जानकार भन्छन्, ‘अब मौद्रिक नीतिले बजारको यात्रा तय गर्नेछ’

झिनो अंकको वृद्धिका साथ कारोबारमा गिरावट,जानकार भन्छन्, ‘अब मौद्रिक नीतिले बजारको यात्रा तय गर्नेछ’
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.०८ प्रतिशत अर्थात २.१३ अंकले बढेर २ हजार ४८८.०७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२० प्रतिशतले घटेर ४४८.७८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको ३ करोड ९६ लाख २ हजार २७ कित्ता सेयर १३ अर्ब ८१ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थाप(जयशम्भु) भन्छन्,  ‘लगातार बढेको बजार आज भने केहि कमजोर बनेको देखिन्छ । बजारमा आज तीव्र रुपमा इन्ट्रा डे करेक्सन भयो । ४० अंक बढेको बजार आज अन्तिममा सकारात्मक बन्यो ।’

प्राविधिक रुपमा इलिअट वेभमा हेर्दा थर्ड वेभको टार्गेट २५८० सम्म रहने उनले बताए । ‘बजारमा नयाँ लगानीकर्ता पस्दै गर्दा र सेक्टर रोटेशन हुँदै गर्दा बजार मजबुत नै रहेको देखिन्छ । मौद्रिक नीति र चौथौ त्रैमासको रिपोर्टले बजारको आगामी यात्रा प्रस्ट हुने देखिन्छ,’ उनले भने ।  

अर्का बजार जानकार विरेन्द्र विष्टको भनाईमा पनि आज बजार इन्ट्रा डे करेक्सन हुँदै अघि बढेको र सेक्टर रोटेशन भएको छ । ‘मौद्रिक नीति अघिसम्म बजारमा ठूलो करेक्सन आउने देखिदैन र त्यसपछि भने बजारले कुन दिशा समात्ने हो भन्ने तय हुनेछ ।’ विष्टले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा ह रियाली छायो भने ७ वटा समूहमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज २.१६ प्रतिशतले बढ्यो ।  

यस्तै आज वित्त समूह ०.७१ प्रतिशत, हाईड्रो १.७४,म्युचुअल फण्ड ०.७८ र अन्य समूह १.४३ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूहमा सर्वाधिक अर्थात १.२३ प्रतिशतले घट्यो । विकास बैंक समूह आज ०.६३ प्रतिशत, होटल ०.२१,लगानी ०.४७,लघुवित्त ०.५३ र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३६ करोड ८४ लाख बढीको सेयर कारोबार भयो । शिवम् सिमन्टको आज ३४ करोड ७१ लाख बढी,कुमारी बैंकको २८ करोड ७ लाख,सिईडिबि हाईड्रोको २५ करोड ५५ लाख र हिमालयन डिष्टिलरीको २४ करोड ८९ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लाग्यो । आज मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यस्तै आज नेपाल फाइनान्सको सेयरमूल्य ८.६७ प्रतिशत,छ्याङ्दी हाईड्रोको सेयरमूल्य ७.९० र बलेफि हाईड्रोको सेयरमूल्य ६.८६ प्रतिशतले बढ्यो ।  

आज गणपति लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.९४ प्रतिशतले घट्यो । सिक्लेस हाईड्रोको सेयरमूल्य ८.६६ प्रतिशत र जनउत्थान सामूदायिक लघुवित्तको सेयरमूल्य ३.९१ प्रतिशतले घट्यो ।    

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.