शुक्रबार, श्रावण १,२०८३ 09:33:15
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 09:33:15
Bizshala
Global IME Bank Limited

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ३ को सर्वाधिक कारोबार

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ३ को सर्वाधिक कारोबार
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७० विन्दुमा कायम हुन पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज तीन समूहमा मात्रै हरियाली छाएको छ भने १० वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०।१९ प्रतिशत र निर्जीवन बीमा समूह ०।२२ प्रतिशतले बृद्धि भएको छ ।

बीमा समूह घटेपनि आज ११ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने अर्थात सेयरभाउ बढ्नेमा सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६८ प्रतिशतले बढेर ५४५ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सन नेपाल लाइफको १।६१ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.५० प्रतिशत, आइएमई लाइफको ०.३७ प्रतिशत, सलिकोको ०.३५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०।३३ प्रतिशत, सिटिजन लाइफको ०.२६ प्रतिशत, हिमालयन लाइफको ०.२४ प्रतिशत, एलआइसी नेपालको ०.१२ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१२ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.०९ प्रतिशतले सेयरभाउ बढेको छ ।  

आज सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्ने बीमा कम्पनीमा भने एशियन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.०१ प्रतिशतले घटेर ५८० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, एनएलजीको १।६१ प्रतिशत, हिमालयन रि को १.५९ प्रतिशत, नेपाल रि को १.५५ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.२७ प्रतिशत, प्रभुको ०.९२ प्रतिशत, नेपाल लाइफको ०.८१ प्रतिशत, सुर्यज्योति लाइफको ०.७८ प्रतिशत, आरबीसीएलको ०.७१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३८ प्रतिशत, युनाइटेड अजोडको ०.३६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२० प्रतिशत र नेशनल लाइफको ०.१२ प्रतिशतले सेयरभाउ घटेको छ ।  

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा ३ बीमा कम्पनी परेका छन् । सर्वाधिक हिमालयन रि को १० करोड १८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा जिआइसीको ५ करोड ५६ लाख रुपैयाँ र सन नेपाल लाइफको ५ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.