शुक्रबार, श्रावण १,२०८३ 09:19:32
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 09:19:32
Bizshala
Global IME Bank Limited

२७ सय विन्दुमा झर्यो नेप्से, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’

२७ सय विन्दुमा झर्यो नेप्से, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९२ प्रतिशत अर्थात २६.२२ अंकले घटेर २ हजार ७९६.२४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८३ प्रतिशतले घटेर ४८१.३८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्,  ‘ बजार ३ हजारको विन्दुमा टिक्न नसकेपछि यतिबेला बिक्री दबाब आएको छ । यसले अझै केही समय निरन्तरता लिनसक्छ । कारोबार बिस्तारै ड्राई हुँदै गएका कारण २७५० आसपासबाट बजार फर्किन सक्छ ।’

अर्का बजार जानकार यज्ञ घिमिरेले नाफा बुक गरेका लगानीकर्ता बजार निपस्दा बजार घटेको बताए । ‘अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । बजार अझै घट्छ भन्ने मनोविज्ञान लगानीकर्ताको देखिन्छ । यस्तै ठूला लगानीकर्ताले समेत सेयर बिक्री गरेका कारण बजारमा दबाब आएको छ,’ उनले भने ।  

उनले सधैं बजार घटेको घट्यै भने नगर्ने समेत बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूह मात्रै बढ्यो । यो समूह आज १.२४ प्रतिशतले बढ्यो ।  

लघुवित्त समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.५८ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.९१ प्रतिशत, विकास बैंक ०.५८, फाइनान्स १.२५, हाईड्रो १.१७, लगानी ०.५८, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन १.०४, म्युचुअल फण्ड ०.०५, निर्जीवन बीमा ०.८५, अन्य ०.७६ र व्यापार समूह ०.३४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २६ करोड ७७ लाख बढीको कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज २३ करोड ९६ लाख, लुम्बिनी विकास बैंकको २० करोड २६ लाख, शिवम् सिमेन्टको २० करोड ६ लाख र बुटवल पावर कम्पनीको १९ करोड ६० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । सिटि होटलको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.९९ प्रतिशतले बढ्यो ।  

समाज लघुवित्तको सेयरमूल्य पनि आज ४.३४ प्रतिशत र कालिका पावरको सेयरमूल्य २.३७ प्रतिशतले बढ्यो ।  

सिक्लेस हाईड्रोको सेयरमूल्य आज लोवर सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्य आज ९.९९ प्रतिशतले ओरालो लाग्यो । उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य पनि आज ८ प्रतिशत, लक्ष्मी लघुवित्तको ६.१४ र नाडेप लघुवित्तको सेयरमूल्य ५.०३ प्रतिशतले घट्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.