मंगलवार, माघ २०,२०८२ 03:34:16
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 03:34:16
Bizshala
Global IME Bank Limited
Bizshala

१२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स

१२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९९ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.१७ प्रतिशतले घट्दा निर्जीवन बीमा समूह भने ०.०७ प्रतिशतले बढेको छ । आज १२ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यो कम्पनीको सेयरभाउ २.५८ प्रतिशतले बढेर १३१२ रुपैयाँ कायम भएको छ । 

Bizshala
Garima Development Bank
New Office

त्यस्तै, हिमालयन रि को ०.४८ प्रतिशत, आरबीसीएलको ०.६१ प्रतिशत, सलिकोको ०.५० प्रतिशत, सानिमा जिआइसीको ०.७७ प्रतिशत, शिखरको ०.०५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३१ प्रतिशत, एशियन लाइफको ०.८५ प्रतिशत, हिमालयन लाइफको ०.१९ प्रतिशत, सूर्यज्योति लाइफको ०.२३ प्रतिशत, सन नेपाल लाइफको ०.७० प्रतिशत र सानिमा रिलायन्स लाइफको २.०६ प्रतिशतले बढेको छ । 

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.३७ प्रतिशतले घटेर ५७५.५० रुपैयाँ कायम भएको छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

त्यस्तै, सिटिजन लाइफको ०.११ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.४० प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.८० प्रतिशत, आइएमई लाइफको ०.३४ प्रतिशत, एलआइसी नेपालको ०.३२ प्रतिशत, नेपाल लाइफको ०.६४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.९३ प्रतिशत, रिलायल नेपाल लाइफको ०.०६ प्रतिशत, हिमालयन एभरेष्टको ०.६९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६० प्रतिशत, नेको इन्स्योरेन्सको ०.०६ प्रतिशत, एनएलजीको ०.०३ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.१६ प्रतिशत, प्रभु इन्स्योरेनसको ०.६४ प्रतिशत र युनाइटेड अजोडको ०.११ प्रतिशतले घटेको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.