शुक्रबार, श्रावण १,२०८३ 11:18:09
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 11:18:09
Bizshala
Global IME Bank Limited

आइएमई लाइफसहित २१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने सूर्यज्योति

आइएमई लाइफसहित २१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने सूर्यज्योति
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक २२.७५ अंकले घटेर २०२६.८१ विन्दुमा पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३११ कम्पनीको १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

आज बीमा समूहका दुईवटा उपसूचक नै चम्किएका छन् । जीवन बीमा समूह १।४२ प्रतिशत र निर्जीवन बीमा समूह ०.८८ प्रतिशतले बृद्धि भएको छ ।  

आज २१ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने कम्पनीमा आइएमई लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ४.५७ प्रतिशतले वृद्धि भई ५४९ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सानिमा रिलायन्स लाइफको ४.३२ प्रतिशत, युनाइटेड अजोडको ३.८१ प्रतिशत, सिटिजन लाइफको ३.३१ प्रतिशत, एशियन लाइफको ३.०८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.७४ प्रतिशत, नेपाल रि को २.७० प्रतिशत, रिलायबल नेपाल लाइफको २.५३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.३३ प्रतिशत, हिमालयन लाइफको २.३० प्रतिशत, प्रभु इन्स्योरेन्सको २.२९ प्रतिशत, हिमालयन एभरेष्टको २.२७ प्रतिशत, सानिमा जिआइसीको २.२७ प्रतिशत, नेशनल लाइफको १.५२ प्रतिशत र एनएलजी इन्स्योरेन्सको १.४४ प्रतिशतले सेयरभाउ बढेको छ ।  

यसका साथै नेपाल इन्स्योरेन्सको १.१८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९६ प्रतिशत, हिमालयन रि को ०.९३ प्रतिशत, शिखर इन्स्यारेन्सको ०.७२ प्रतिशत, नेपाल लाइफको ०.४४ प्रतिशत र नेको इन्स्योरेन्सको ०.३७ प्रतिशतले सेयरभाउ बढेको छ ।  

त्यस्तै, आज ५ वटा बीमा कम्पनीको सेयरभाउ भने घटेको छ । सर्वाधिक गुमाउनेमा सूर्यज्योति लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.७६ प्रतिशतले घटेर ४९९.८० रुपैयाँ कायम भएको छ ।  

यसका साथै आरबीसीएलको १.४९ प्रतिशत, एलआइसी नेपालको ०.७३ प्रतिशत, सन नेपाल लाइफको ०.६४ प्रतिशत र सलिकोको ०.३० प्रतिशतले सेयरभाउ घटेको छ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.