शुक्रबार, श्रावण १,२०८३ 07:57:51
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 07:57:51
Bizshala
Global IME Bank Limited

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु इन्स्योरेन्स

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु इन्स्योरेन्स
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको ९१ लाख ८० हजार ७१८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज हाइड्रोपावर र उत्पादन तथा प्रशोधन उपसूचक मात्रै बृद्धि भएको छ भने बाँकी सबै समूह घटेको छ । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.८१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.८२ प्रतिशतले घटेको छ । आज ४ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । 

सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.७७ प्रतिशतले बढेर ६३० रुपैयाँ पुगेको छ । त्यस्तै, आइएमई लाइफको ०.४३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२१ प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको ०.०६ प्रतिशतले सेयरभाउ बढेको छ । 

आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.४२ प्रतिशतले घटेर ९४०.१० रुपैयाँ कायम भएको छ ।

यसका साथै नेपाल रि इन्स्योरेन्सको २.०३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.८३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.७३ प्रतिशत, आरबीसीएलको १.५३ प्रतिशत, सानिमा जिआइसीको १.५० प्रतिशत, एलआइसी नेपालको १.३७ प्रतिशत, नेपाल लाइफको १.३० प्रतिशत, नेशनल लाइफको १.२३ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.९४ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.८८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.७५ प्रतिशत, सन नेपाल लाइफको ०.६४ प्रतिशत, हिमालयन रि को ०.५६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५३ प्रतिशत, हिमालयन लाइफको ०.४५ प्रतिशत, सलिकोको ०.४४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३८ प्रतिशत, सिटिजन लाइफको ०.३३ प्रतिशत, एशियन लाइफको ०.२७ प्रतिशत, सुर्यज्योति लाइफको ०.११ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.०५ प्रतिशतले सेयरभाउ घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.