शुक्रबार, असार २७,२०८२ 01:22:42
  • शुक्रबार, असार २७,२०८२ 01:22:42
Global IME Bank Limited

लगातार दुई दिन बढ्यो नेप्से, बैंकिङ समूहमा चमक

Hyundai Nepal
लगातार दुई दिन बढ्यो नेप्से, बैंकिङ समूहमा चमक
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से)दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९५ प्रतिशत अर्थात २५.८९ अंकले बढेर २ हजार ७३१.८० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७१ प्रतिशतले बढेर ४७२.४३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर ९ अर्ब ६८ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार देव गुरागाई भन्छन्,  ‘ सेयर बजार यतिबेला सुधारको चरणमा देखिन्छ । कारोबारमा पनि औषत भन्दा राम्रो आएको छ । आज बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकषर्ण देखिन्छ ।’

उनले बैंकिङ क्षेत्रमा आकर्षण देखिनुको पछि दुई तीनवटा कारण रहेको बताए । ‘बैंकका सेयरमूल्य अन्डरभ्यालुड रहेको छ । यस्तै बैंकको सेयरमा जोखिम कम हुनु र मौद्रिक नीतिमा बैंकहरुका लागि सकारात्मक विषय आउने अपेक्षा जस्ता विषयले यो क्षेत्रमा आज चमक आएको हो,’ उनले भने ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक विश्लेषक सुवाचन्द्र ढुङ्गानाले बजार अब अप ट्रेण्डमा लागेको बताए । सकारात्मक मौद्रिक नीतिको अपेक्षा र असार मसान्तको प्रभाव कम हुनु जस्ता विषयले बजार बढेको उनले बताए । ‘प्राविधिक रुपमा पनि सानो टाइम फ्रेममा पनि बजार अप ट्रेण्ड नै हो । मिड टर्ममा भने बजारमा १० अर्ब कारोबारसहित २८ सयको विन्दु कटेपछि बजारको माथिको यात्रा थप निश्चित बन्छ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज बैंकिङ समूह सर्वाधिक बढ्यो । यो समूह आज ३.१५ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.२३ प्रतिशत, फाइनान्स ०.७४, होटल ०.२६, लगानी ०.१९, उत्पादन तथा प्रशोधन ०.४१, लघुवित्त १.७५, म्युचुअल फण्ड ०.९७, निर्जीवन बीमा ०.४९ र अन्य समूह ०.२४ प्रतिशतले बढ्यो ।  

व्यापार समूह र हाईड्रो समूह भने आज क्रमशः १.१० र ०.१८ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५७ करोड ५ लाख बढीको कारोबार भयो । बुटवल पावरको पनि आज ३२ करोड ७३ लाख, सानिमा बैंकको २६ करोड ३४ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको १९ करोड ८५ लाख र सिईडिबि होल्डिङ्को १९ करोड ८३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनै पनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । माईखोला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ८.१५ प्रतिशतले वृद्धि भयो ।  

यस्तै माण्डु हाईड्रेको सेयरमूल्य ६.७६ प्रतिशत,समता घरेलु लघुवित्तको ६.५७,भगवती हाईड्रोको ६.५२ र सानिमा बैंकको सेयरमूल्य ४.८० प्रतिशतले बढ्यो ।  

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.९२ प्रतिशतले घट्यो । राप्ती हाईड्रोको सेयरमूल्य पनि आज ६.४७ प्रतिशत, सिन्धु विकास बैंकको ४.३९ र पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य ४.३५ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.