बुधबार, जेष्ठ ६,२०८३ 03:18:02
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 03:18:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

Laxmi Sunrise Bank Limited
२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०७ कम्पनीको ६४ लाख १७ हजार २६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसूचक बढेका छन् । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएको छ । जीवन बीमा समूह १ प्रतिशत र निर्जीवन बीमा समूह ०.५१ प्रतिशतले बृद्धि भएको छ । आज २३ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा सानिमा रिलायन्स लाइफ रहेको छ। कम्पनीको सेयरभाउ ३.०७ प्रतिशतले बढेर ४६३ रुपैयाँ पुगेको छ ।

Bizshala
New Office
CG Motors

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.४१ प्रतिशत, सिटिजन लाइफको १.९६ प्रतिशत, हिमालयन रि को १.९५ प्रतिशत, सुर्यज्योति लाइफको १.४० प्रतिशत, युनाइटेड अजोडको १.३९ प्रतिशत, नेपाल लाइफको १.३१ प्रतिशत, नेपाल रि को १.२३ प्रतिशत, हिमालयन लाइफको १.२२ प्रतिशत, रिलयाबल नेपाल लाइफको १.१६ प्रतिशत, शिखरको १.०६ प्रतिशत, आइएमई लाइफको १.०६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.९९ प्रतिशत, नेशनल लाइफको ०.८० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६१ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५८ प्रतिशत, एशियन लाइफको ०.५६ प्रतिशत, नेको इन्स्योेरेन्सको ०.५५ प्रतिशत, सन नेपाल लाइफको ०.४१ प्रतिशत, सानिमा जिआइसीको ०.२६ प्रतिशत र एलआइसी नेपालको ०.१० प्रतिशतले सेयरभाउ बढेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

आज तीनवटा बीमा कम्पनीको भने सेयरभाउ घटेको छ । सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.३० प्रतिशतले घटेर १२८८ रुपैयाँ कायम भएको छ । त्यस्तै, हिमालयन एभरेष्टको ०.३६ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.२३ प्तिशतले घटेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X