बुधबार, जेष्ठ ६,२०८३ 04:03:36
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 04:03:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेमा सामान्य अंकको बढोत्तरी, जानकार भन्छन्,‘सेयर बिक्री गर्नेभन्दा पनि कित्ता जोगाउने समय’

Laxmi Sunrise Bank Limited
नेप्सेमा सामान्य अंकको बढोत्तरी, जानकार भन्छन्,‘सेयर बिक्री गर्नेभन्दा पनि कित्ता जोगाउने समय’
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३३ प्रतिशत अर्थात ९.०९ अंकले बढेर २ हजार ७११.७५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०७ प्रतिशतले बढेर ४७८.५० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर ७ अर्ब ९ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Bizshala
New Office
CG Motors

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘अहिले सेयर बजारमा एक्युमुलेसन नै चलेको छ । यसका साथै लगानीकर्ताले सस्तो मूल्यमा सेयर खरिद गर्न चाहेका छन् । यही कारण अहिले सेयर बिक्री गर्नेभन्दा पनि कित्ता जोगाउने समय हो । आजको क्याण्डलले बजार तल जानलाई रिजेक्सन गरेको छ ।’

अघिल्लो दिन ५१ अंकले घटेको बजारमा आजको क्याण्डलले तल्लो विन्द्ुलाई रिजेक्सन गरेको उनले बताए । यसले प्यानिक सेल नभएको संकेत गरेको समेत उनले बताए ।  

अर्का बजार जानकार सुवासचन्द्र ढुङ्गानाले हिजोको बजारको घटाईलाई रोक्दै आज बढेको बजारले सम्हालिन खोजेको संकेत गरेको बताए । ‘यद्यपी बजार २७५० भन्दा माथि ११ अर्बको कारोबारसहित नबढेसम्म आजको बढाई पुलब्याक मात्रै हुन सक्ने देखिन्छ,’ उनले भने ।  

उनको विचारमा प्राइस एक्सनबाट हेर्दा भने बजार बुलिस नै रहेको छ ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज विकास बैंक समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ३.३८ प्रतिशतले बढ्यो । फाइनान्स समूह  आज १.६६ प्रतिशत,होटल ०.४५, हाईड्रो १.२८, लगानी ०.२०,लघुवित्त ०.०७,म्युचुअल फण्ड ०.३८ र व्यापार समूह ०.२७ प्रतिशतले बढ्यो ।  

बैंकिङ समूह आज ०.२६ प्रतिशत,जीवन बीमा ०.१८,निर्जीवन बीमा ०.२१ र अन्य समूह ०.०७ प्रतिशतले बढ्यो । यस्तै आज उत्पादन तथा प्रशोधन समूह पनि ०.२१ अंकले घट्यो ।

Garima Development Bank
Shivam Cement
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३२ करोड ८१ लाख बढीको सेयर कारोबार भयो । जानकी फाइनान्सको आज ३२ करोड २० लाख, नेपाल फाइनान्सको २३ करोड २२ लाख,हिमालयन उर्जा विकासको १९ करोड १७ लाख र वेष्ट फाइनान्सको १५ करोड ५१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,नेपाल हाईड्रो,सप्तकोशी डेभलपमेन्ट बैंक,मिथिला लघुवित्त,कर्णाली डेभलपमेन्ट बैंक,जानकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै सुपर मादी हाईड्रोको सेयरमूल्य ८.४२ प्रतिशत र माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ७.८८ प्रतिशतले बढ्यो ।  

गुराँस लघुवित्तको सेयरमूल्यमा आज १० प्रतिशतको गिरावटका साथ लोअर सर्किट लाग्यो । यो दिन युनिक नेपाल लघुवित्तको सेयरमूल्य पनि ७.०६ प्रतिशत र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य २.४१ प्रतिशतले घट्यो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X