शुक्रबार, श्रावण १,२०८३ 12:19:37
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 12:19:37
Bizshala
Global IME Bank Limited

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३४ कम्पनीको १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । 

जीवन बीमा समूह ०.०४ प्रतिशत र निर्जीवन बीमा समूह ०.०७ प्रतिशतले बढेको छ । आज १५ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.८२ प्रतिशतले बढेर १२९७.१० रुपैयाँ पुगेको छ ।

त्यस्तै, हिमालयन रि को ०.६६ प्रतिशत, हिमालयन एभरेष्टको ०.२० प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.४१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.८६ प्रतिशत, एनएलजीको १.३८ प्रतिशत, प्रभुको ०.२९ प्रतिशत, शिखरको ०.३२ प्रतिशत, युनाइटे अजोडको ०.४४ प्रतिशत, सिटिजन लाइफको १.४८ प्रतिशत, आइएमई लाइफको ०.६८ प्रतिशत, एलआइसी नेपालको ०.५९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१३ प्रतिशत, सन नेपाल लाइफको १.१७ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.३६ प्रतिशतले बढेको छ । 

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.३४ प्रतिशतले घटेर १२५० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, नेको इन्स्योरेन्सको ०.१६ प्रतिशत, सलिकोको ०.४९ प्रतिशत, सानिमा जिआइसीको ०.१७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३५ प्रतिशत, एशियन लाइफको ०.२१ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.७३ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.५७ प्रतिशत, हिमालयन लाइफको ०.२७ प्रतिशत, नेपाल लाइफको ०.१२ प्रतिशत, नेशनल लाइफको ०.९८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६१ प्रतिशत र सूर्यज्योति लाइफको ०.१८ प्रतिशतले घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.