बुधबार, जेष्ठ ६,२०८३ 06:04:41
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 06:04:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ र हिमालयन रि

Laxmi Sunrise Bank Limited
२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ र हिमालयन रि
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी आएको छ । नेप्से परिसूचक अंकले बढेर विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १० समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.८९ प्रतिशत र निर्जीवन बीमा समूह १.०७ प्रतिशतले बढेको छ । बीमा समूहहरु बढ्दा आज २२ कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा गार्डियन माइक्रो लाइफ रहेको छ ।कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेर ५८६.३० रुपैयाँ पुगेको छ । 

Bizshala
New Office
CG Motors

त्यस्तै, हिमालयन रि को ३.२४ प्रतिशतले बढेर ८७६ रुपैयाँ पुगेको छ भने एनएलजी इन्स्योरेन्सको सेयरभाउ ३.२२ प्रतिशतले बढेर १०२७ रुपैयाँ पुगेको छ । यसका साथै नेपाल रि को सेयरभाउ ३.१६ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.५५ प्रतिशत, हिमालयन लाइफको २.१५ प्रतिशत, शिखरको २.१३ प्रतिशत, आइएमई लाइफको २.०१ प्रतिशत, सलिकोको २ प्रतिशत, हिमालयन एभरेष्टको १.७४ प्रतिशत, नेपाल लाइफको १.६३ प्रतिशत, सुर्यज्योति लाइफको १.३४ प्रतिशत, आरबीसीएलको १.१६ प्रतिशत, रिलायबल नेपाल लाइफको १.०७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९५ प्रतिशत, सानिमा जिआइसीको ०.९१ प्रतिशत, एशियन लाइफको ०.३९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.१७ प्रतिशत, सिटिजन लाइफको ०.१४ प्रतिशत र नेको इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल इन्स्योरेन्सको सेयरभाउ ०.७१ प्रतिशतले घटेर ९७७ रुपैयाँ कायम भएको छ । त्यस्तै, एलआइसी नेपालको ०.६४ प्रतिशत, सन नेपाल लाइफको ०.५४ प्रतिशत र नेशनल लाइफको ०.१५ प्रतिशतले सेयरभाउ घटेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X