शुक्रबार, श्रावण १,२०८३ 07:08:04
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 07:08:04
Bizshala
Global IME Bank Limited

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि का सेयरधनीले सर्वाधिक कमाए

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि का सेयरधनीले सर्वाधिक कमाए
New Office

काठमाण्डौं । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी आएको छ । नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएको छ । जीवन बीमा समूह ४.१२ प्रतिशत र निर्जीवन बीमा समूह ३.०९ प्रतिशतले बृद्धि भएको छ । आज सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । 

कम्पनीको सेयरभाउ ६.७१ प्रतिशतले बृद्धि भएर ८२७ रुपैयाँ पुगेको छ । त्यस्तै, सन नेपाल लाइफको ५.९६ प्रतिशत, शिखर इन्स्योरेन्सको ५.५० प्रतिशत, आइएमई लाइफको ५.०८ प्रतिशत, नेशनल लाइफको ४.८१ प्रतिशत, नेपाल लाइफको ४.४९ प्रतिशत, सुर्यज्योति लाइफको ४.४३ प्रतिशत, हिमालयन लाइफको ४.४० प्रतिशत, रिलायबल नेपाल लाइफको ४.१७ प्रतिशत, सिटिजन लाइफको ४.११ प्रतिशत, एशियन लाइफको ४.१० प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ३.७७ प्रतिशतले सेयरभाउ बढेको छ । 

यसका साथै, आरबीसीएलको ३.७० प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ३.६५ प्रतिशत, हिमालयन एभरेष्टको ३.४९ प्रतिशत, नेको इन्स्योरेन्सको ३.३३ प्रतिशत, सानिमा जिआइसीको ३.३१ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.१६ प्रतिशत, एलआइसी नेपालको ३.१० प्रतिशत, प्रभु इन्स्योरेन्सको २.९१ प्रतिशत, सगरमाथा लुम्बिनीको २.०४ प्रतिशत र सिद्धार्थ प्रिमियरको १.२५ प्रतिशतले सेयरभाउ बढेको छ । 

आज एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २८ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २३ करोड ५१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.