मंगलवार, असार २४,२०८२ 06:49:58
  • मंगलवार, असार २४,२०८२ 06:49:58
Global IME Bank Limited

नेप्सेमा झिनो गिरावट, कारोबार साढे ६ अर्ब

Hyundai Nepal
नेप्सेमा झिनो गिरावट, कारोबार साढे ६ अर्ब
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.१४ अंकले घटेर २ हजार ६८३.८६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ अंकले ४५९.७० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ वटा स्क्रिप्टको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर ६ अर्ब ५७ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्,  ‘अघिल्लो कारोबारहरुमा असार मसान्तको प्रभाव देखिएको थियो । यद्यपी आजबाट बजार सम्हालिन खोजेको देखिन्छ । अर्थतन्त्र सबल हुनुका साथै ब्याजदर पनि सस्तो रहेकाले अब बजार रफ्तारले अघि बढ्ने देखिन्छ ।’

अर्का बजार जानकार विरेन्द्र विष्टले यो सातासम्म असार मसान्तको दबाब सकिने र आगामी साताबाट बजारले गति लिने बताए । उनले सस्तो ब्याज भएका कारण बाढी पहिरो गएतापनि जलविद्युत क्षेत्र बढेको बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज १.४१ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक ०.६९,हाईड्रो ०.८४, लगानी ०.२६, उत्पादन तथा प्रशोधन ०.४२,लघुवित्त ०.२७ र व्यापार समूह ०.८८ प्रतिशतले बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अन्य समूह ०.७८ प्रतिशत गिरावटका साथ आज सर्वाधिक घट्ने समूहका रुपमा रह्यो । बैंकिङ समूह पनि आज ०.३० प्रतिशत,होटल ०.०७,म्युचुअल फण्ड ०.०४ र निर्जीवन बीमा ०.२५ प्रतिशतले घट्यो ।  

आज जीवन बीमा समूह पनि ०.७१ अंकले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ५१ करोड ६७ लाख बढीको कारोबार भयो । बुटवल पावरको पनि ४१ करोड ६९ लाख, गार्डियन माइक्रो लाइफको २४ करोड ३२ लाख,लक्ष्मी सनराइज बैंकको संस्थापक समूहको २४ करोड ३२ लाख र राधी विद्युतको २३ करोड ६ लाख बढीको सेयर कारोबार मयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । बुटवल पावरको सेयरमूल्य आज ८.२१ प्रतिशतले बढ्यो ।  

यस्तै पाँचथर पावरको सेयरमूल्य ५.९६ प्रतिशत, रिभर फल्स पावरको ४.६९,ग्रीन डेभलपमेन्ट बैंकको ४.६२ र सयपत्री हाईड्रोको ४.०७ प्रतिशतले बढ्यो ।  

रसुवागढी हाईड्रोको सेयरमूल्यमा आज सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य आज ५.०८ प्रतिशतले घट्यो । भूगोल इनर्जीको सेयरमूल्य पनि ३.९२ प्रतिशत र माथिल्लो मंलुङखोलाको ३.१४ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.