काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.७८ अंकले बढेर २ हजार ६००.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.२७ प्रतिशत र निर्जीवन बीमा समूह ०.१८ प्रतिशतले घटेको छ ।
आज ७ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.२२ प्रतिशतले बढेर ८४४.४९ रुपैयाँ पुगेको छ । त्यस्तै, एनएलजीको ०.९७ प्रतिशत, आरबीसीएलको ०.३७ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.०५ प्रतिशत, हिमालयन लाइफको ०.१२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.५१ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.३८ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.३५ प्रतिशतले घटेर १५८८.२९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको ०.०७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.१८ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.२१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.८३ प्रतिशत, सानिमा जिआइसीको १.१९ प्रतिशत, शिखरको ०.८३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.७१ प्रतिशत र युनाइटेड अजोडको ०.१० प्रतिशतले घटेको छ ।
यसका साथै एशियन लाइफको ०.०३ प्रतिशत, सिटिजन लाइफको ०.७२ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.९१ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.७० प्रतिशत, आइएमई लाइफको ०.६२ प्रतिशत, एलआइसी नेपालको ०.४९ प्रतिशत, नेपाल लाइफको ०.७३ प्रतिशत, नेशनल लाइफको १.०८ प्रतिशत, सूर्यज्योति लाइफको ०.३९ प्रतिशत, सन नेपाल लाइफको ०.३१ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.३४ प्रतिशतले सेयरभाउ घटेको छ । पुनर्बीमातर्फ भने नेपाल रि इन्स्योरेन्सको सेयरभाउ ०.३२ प्रतिशतले घटेर १२१७.८३ रुपैयाँ कायम भएको छ भने हिमालयन रि को सेयरभाउ ०.४३ प्रतिशतले घटेर ८८४.९५ रुपैयाँ कायम भएको छ ।