शुक्रबार, श्रावण १,२०८३ 12:13:37
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 12:13:37
Bizshala
Global IME Bank Limited

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा शिखर इन्स्योरेन्स

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा शिखर इन्स्योरेन्स
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २५.५१ अंकले घटेर २६४९.५२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४२ कम्पनीको १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहमा दुईवटै उपसूचका घटेका छन् । जीनव बीमा समूह १.२० प्रतिशत र निर्जीवन बीमा समूह ०.६९ प्रतिशतले घटेको छ । आज ८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १ प्रतिशतले बढेर ४८६.३० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.५४ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.२९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१२ प्रतिशत, आरबीसीएलको ०.०१ प्रतिशत, युनाइटेड अजोडको ०.६४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.३९ प्रतिशत र नेशनल लाइफको ०.७० प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने शिखर इन्स्योरेन्स रहेको छ । 

कम्पनीको सेयरभाउ २.९९ प्रतिशतले घटेर ६५० रुपैयाँ कायम भएको छ । हिमालयन एभरेष्टको ०.८५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१९ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३२ प्रतिशत, एनएलजीको ०.८५ प्रतिशत, सलिकोको २.६३ प्रतिशत, सिद्धार्थ प्रिमियरको २ प्रतिशत, एशियन लाइफको ०.६४ प्रतिशत, सिटिजन लाइफको १.६१ प्रतिशत, गार्डियन माइक्रो लाइफको २.१४ प्रतिशत, हिमालयन लाइफको १.७७ प्रतिशत, आइएमई लाइफको २.०८ प्रतिशत, एलआइसी नेपालको १.०१ प्रतिशत, नेपाल लाइफको १.०१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.४९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७१ प्रतिशत, सूर्यज्योति लाइफको १.४६ प्रतिशत, सन नेपालको १.७१ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.४९ प्रतिशतले घटेको छ । 

यसका साथै हिमालयन रि को १.२६ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको १.५५ प्रतिशतले घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.