शुक्रबार, श्रावण १,२०८३ 10:34:17
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 10:34:17
Bizshala
Global IME Bank Limited

३ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सानिमा रिलायन्सका सेयरधनीले सर्वाधिक गुमाए

३ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सानिमा रिलायन्सका सेयरधनीले सर्वाधिक गुमाए
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको १ करोड ७ लाख ३८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ४ वटा समूहमा हरियाली छाएको छ भने ८ वटा उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटा उपसूचक नै घटेका छन् । जीवन बीमा समूह १.३० प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९६ प्रतिशतले घटेको छ । बीमा समूह घट्दा आज ३ वटा कम्पनीको मात्रै सेयरभाउ बढेका छन् । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्नेमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.७६ प्रतिशतले बढेर ७८०.९० रुपैयाँ पुगेको छ । 

त्यस्तै, नेपाल लाइफको ०.२५ प्रतिशलते बढेर ६०७.५० रुपैयाँ र आरबीसीएलको ०.२० प्रतिशतले बढेर १३ हजार २३६ रुपैयाँ पुगेको छ । यसका साथै आजा सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने सानिमा रिलायन्स लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.३० प्रतिशतले घटेर ४४० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, सिटिजन लाइफको २.२१ प्रतिशत, आइएमई लाइफको २.१९ प्रतिशत, युनाइटेड अजोडको २.१९ प्रतिशत, रिलायबल नेपाल लाइफको २.०१ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.८९ प्रतिशत, हिमालयन एभरेष्टको १.७९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.७७ प्रतिशत, हिमालयन लाइफको १.७४ प्रतिशत, सन नेपाल लाइफको १.६६ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.५६ प्रतिशत, सुर्यज्योति लाइफको १.४२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.३८ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १.३३ प्रतिशत, नेशनल लाइफको १.३० प्रतिशत, एशियन लाइफको १.२५ प्रतिशत, हिमालयन रि को १.२० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.८५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६२ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.४२ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.३९ प्रतिशत र एलआइसी नेपालको ०.०१ प्रतिशतले सेयरभाउ घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.