शुक्रबार, श्रावण १,२०८३ 09:21:07
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 09:21:07
Bizshala
Global IME Bank Limited

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड इन्स्योरेन्स

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड इन्स्योरेन्स
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १३.५१ प्रतिशतले बढेर २०८३.०४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १० समूहमा हरियाली छाएको छ भने ३ वटा समूह राताम्य भएका छन् । 

बीमा समूहका दुईवटै उपसूचक आज बढेका छन् । जीवन बीमा समूह ०.७७ प्रतिशत र निर्जीवन बीमा समूह ०.६७ प्रतिशतले बढेको छ । बीमा समूह बढ्दा आज २० वटा कम्पनीको सेयरभाउ बढेको छ, भने ५ वटा कम्पनीको सेयरभाउ घटेको छ । आज सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने बीमा कम्पनीमा आरबीसीएल रहेको छ । 

कम्पनीको सेयरभाउ १.५० प्रतिशतले बढेर १३ हजार ३९८ रुपैयाँ पुगेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.४६ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.४० प्रतिशत, नेशनल लाइफको १.२० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.१० प्रतिशत, हिमालयन रि को १.१० प्रतिशत, सानिमा रिलायन्स लाइफको १.०८ प्रतिशत, नेको इन्स्योरेन्सको १ प्रतिशत, सन नेपाल लाइफको ०.८७ प्रतिशत, एलआइसी नेपालको ०.७८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.७७ प्रतिशत, सिटिजन लाइफको ०.६४ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.३० प्रतिशत, सुर्यज्योति लाइफको ०.१५ प्रतिशत, एशियन लाइफको ०.१२ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको ०.०४ प्रतिशतले सेयरभाउ बढेको छ । 

आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.४९ प्रतिशतले घटेर ५६२ रुपैयाँ कायम भएको छ । यसका साथै हिमालयन लाइफको ०.७२ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.४० प्रतिशत, सानिमा जिआइसीको ०.१९ प्रतिशत र आइएमई लाइफको ०.११ प्रतिशतले सेयरभाउ घटेको छ । बीमा कम्पनीहरुमा आज सर्वाधिक नेपाल लाइफको ५ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ४ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.