काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा उपसूचक ०.१२ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.०६ प्रतिशतले बढेको छ । आज १२ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेर १६७८.७८ रुपैयाँ पुगेको छ ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफको ९.९९ प्रतिशत, सिटिजन लाइफको ०.६० प्रतिशत, आइएमई लाइफको ०.२१ प्रतिशत, नेशनल लाइफको ०.१३ प्रतिशत, सुर्यज्योति लाइफको ०.१३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.३० प्रतिशत, नेको इन्स्योरेन्सको ०.०८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.२७ प्रतिशत, सानिमा जिआइसीको ०.०३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.४३ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.६८ प्रतिशतले सेयरभाउ बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.८२ प्रतिशतले घटेर ५०५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एशियन लाइफको ०.३६ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.२५ प्रतिशत, हिमालयन लाइफको ०.७४ प्रतिशत, एलआइसी नेपालको १.३१ प्रतिशत, नेपाल लाइफको ०.३१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.०६ प्रतिशत, सन नेपाल लाइफको ०.२९ प्रतिशत, हिमालयन रि को ०.७४ प्रतिशत, हिमालयन एभरेष्टको ०.२४ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.७१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.७४ प्रतिशत, एनएलजीको ०.८७ प्रतिशत, आरबीसीएलको ०.६९ प्रतिशत, सलिकोको १.२६ प्रतिशत, शिखरको ०.५६ प्रतिशत र युनाइटेड अजोडको ०.६९ प्रतिशतले सेयरभाउ घटेको छ ।