शनिबार, श्रावण २,२०८३ 04:32:16
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:32:16
Bizshala
Global IME Bank Limited

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेशनल लाइफ इन्स्योरेन्स

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेशनल लाइफ इन्स्योरेन्स
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीेको १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.५७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.२६ प्रतिशतले बढेको छ । 

आज १० बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.१६ प्रतिशतले बढेर ६०९ रुपैयाँ पुगेको छ । 

त्यस्तै, नेपाल इन्स्योरेन्सको ०.८२ प्रतिशत, एनएलजीको ०.६० प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.५४ प्रतिशत, आरबीसीएलको ०.८१ प्रतिशत, सानिमा जिआइसीको ०.५१ प्रतिशत, शिखरको ०.१५ प्रतिशत, युनाइटेड अजोडको ०.३२ प्रतिशत, आइएमई लाइफको ०.२४ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको ०.३० प्रतिशतले सेयरभाउ बढेको छ । 

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.७६ प्रतिशतले घटेर ६१२.५० रुपैयाँ कायम भएको छ । 

एशियन लाइफको १.२७ प्रतिशत, सिटिजन लाइफको ०.०४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.०८ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.८१ प्रतिशत, हिमालयन लाइफको ०.२६ प्रतिशत, एलआइसी नेपालको १.४१ प्रतिशत, नेपाल लाइफको ०.१० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.१८ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३० प्रतिशत, सूर्यज्योति लाइफको ०.११ प्रतिशत, सन नेपाल लाइफको ०.३४ प्रतिशत, हिमालयन एभरेष्टको १.३६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१० प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.२८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५५ प्रतिशत र हिमालय रि को ०.६१ प्रतिशतले घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.