शुक्रबार, श्रावण १,२०८३ 10:27:25
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 10:27:25
Bizshala
Global IME Bank Limited

सेयर बजार ३३ अंकले घट्यो, जानकार भन्छन्, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’

सेयर बजार ३३ अंकले घट्यो, जानकार भन्छन्, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’
New Office

काठमाण्डौ । आज सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.१८ प्रतिशत अर्थात् ३३.८३ अंकले घटेर २ हजार ८३३ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९१ प्रतिशतले घटेर ४७७.४६ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३४२ वटा स्क्रिप्टका २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब ३१ करोड २८ लाख रुपैयाँभन्दा बढी पुगेको छ।  

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘आज नेप्से दोहोरो अंकले घट्नु सामान्य करेक्सन नै मान्न सकिन्छ, केही दिनयता हाइड्रो समूह, फाइनान्स समूह र हिजो बैंकिङ समूह राम्रै बढ्दा लगानीकर्ताहरुले नाफा बुक पनि गरेका हुन सक्नछन् । साथै, केही दिनयता बजारमा खेलाडीहरु सक्रिय रहेको पनि अनुमान गर्न सकिन्छ, केही हाइड्रो कम्पनी र फाइनान्सका सेयरहरु अकस्मात उचालिदा केहीले राम्रै नाफा बुक गरेर बाहिरिएको अनुमान गरिएको छ, यसले पनि आज बजारमा करेक्सन देखिएको बुझ्न सकिन्छ ।  

साथै, केही समय बजार साइड वेजमै रहेर २७५० र २८ सयको विन्दु आसपास बजार बस्न सक्ने देखिन्छ । अहिले बजारमा सर्ट टे«डरहरुले निश्चित स्क्रिप्ट छान्ने र छोटो समयमै सेयर बिक्री गर्ने प्रवृत्ति छ, जसकारण बजारमा भोल्युम पनि अपेक्षा गरिएअनुसार बढेको छैन । साथै बजारमा त्यति धेरै प्यानिक सेल पनि आएको छैन, अहिले कतिपय लगानीकर्ताहरु अझैपनि पर्ख र हेरको अवस्थामा नै छन्, यसकारण बजार २७ सय भन्दा तल पनि नजाला र २८५० भन्दा तत्कालै माथि जान पनि सम्भवन देखिदैन ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमा रातो पोतियो । आज फाइनान्स समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज १.९८ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.८०, विकास बैंक १.१५, होटल ०.५०, हाईड्रो १.५१, लगानी १.२७, जीवन बीमा ०.९०, उत्पादन तथा प्रशोधन १.५४, लघुवित्त ०.७१, म्युचुअल फण्ड ०.१४, निर्जीवन बीमा १.२८, अन्य १.९० र व्यापार १.०१ प्रतिशतले घट्यो ।  

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिलायन्स स्पिनीङ मिल्सको सर्वाधिक अर्थात ६१ करोड ८० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यसैगरी नेशनल हाईड्रोपावरको ५५ करोड ५९ लाख, एसवाई प्यानल नेपालको ५१ करोड ६० लाख, सोलु हाईड्रोपावरको ३२ करोड ४० लाख र रिडी पावरको ३१ करोड ७५ लाख बढीको सेयर कारोबार भएको छ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरूमध्ये ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज रिजलाइन इनर्जी, सूर्यकुण्ड हाईड्रो, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै एशियन हाईड्रोको सेयरमूल्य ३.८२ प्रतिशत र हिमालयन हाईड्रोपावरको सेयरमूल्य ३.१६ प्रतिशतले बढ्यो ।    

सिन्धु विकास बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.४७ प्रतिशतले घट्यो । भूगोल इनर्जीको सेयरमूल्य पनि आज ७.७९ प्रतिशत र भुजुङ हाईड्रोको सेयरमूल्य ७.३९ प्रतिशतले घट्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.