मंगलवार, जेष्ठ ५,२०८३ 02:25:14
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 02:25:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेमा सामान्य गिरावट, जानकार भन्छन्, ‘बजारमा स्थिरता आउने आधार बनिसक्यो’

Laxmi Sunrise Bank Limited
नेप्सेमा सामान्य गिरावट, जानकार भन्छन्, ‘बजारमा स्थिरता आउने आधार बनिसक्यो’
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०९ प्रतिशत अर्थात् २.६१ अंकले घटेर २ हजार ७५७.४० विन्दुमा पुगेको सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ प्रतिशतले बढेर ४७१.१३ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३४५ वटा स्क्रिप्टका १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ७३ करोड ७१ लाख रुपैयाँभन्दा बढी पुगेको छ।  

Bizshala
New Office
CG Motors

आजको बजारबारे सेयर लगानीकर्ता तथा बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘बजार बढ्नका लागि वा बजारमा स्थिरता आउने आधारहरु बनिसकेको छ, आजको बजार घटाई भनेको सामान्य करेक्सन मात्रै हो । हिजो मात्रै ब्रोकर एसोसिएसन र अर्थमन्त्रीको भेटघाटमा पूँजीबजार सुधारका लागि सरकार सकारात्मक देखिएको छ, जसकारण सोमबार बजारमा उल्लेख्य सुधार देखिएको थियो ।’

उनले थपे, ‘अघिल्लो दिन बजार बढ्दा नाफा बुक भएकाले पनि यसलाई सामान्य करेक्सन मात्रै मान्न सकिन्छ । आज भोल्युम घट्नुको मुख्य कारण भनेको चैत मसान्तसको दबाब हो । वैशाख २ गतेदेखि मार्जिन कारोबार सुरु हुँदैछ, ब्रोकर कम्पनीहरुले महिना सकिनै लाग्दा हिसाब मिलान गर्नुपर्ने हुँदा आज कारोबार घटेको छ । चैत मसान्तको दबाब सकिने बित्तिकै बजारले आफ्नो लय लिन्छ । सेयर लगानीकर्ताहरुको मनोबल पनि उच्च भइसकेको छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छायो भने ९ वटा समूहमा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात १.०८ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.०४, हाईड्रो ०.१५ र अन्य समूह ०.७१ प्रतिशतले बढ्यो ।  

Garima Development Bank
Shivam Cement
IME remit

सर्वाधिक कारोबार हुने कम्पनी

आज ङादी ग्रुप पावरको सर्वाधिक २४ करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यसैगरी रिलायन्स स्पिनीङ मिल्सको २४ करोड २१ लाख, आँखुखोला जलविद्युतको २३ करोड ५७ लाख, एसवाई प्यानल नेपालको २३ करोड ४८ लाख र नेशनल हाईड्रोको २३ करोड ४६ लाख बढीको सेयर कारोबार भएको छ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरूमध्ये ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज भुजुङ हाईड्रो, सुपर खुदी हाईड्रो, श्रेवत गंगा हाईड्रो, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाईड्रो र होटल फरेस्ट इनको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज त्रिशुली जलविद्युतको सेयरमूल्य ८.६३ प्रतिशत र थ्रिस्टार हाईड्रोको सेयरमूल्य ३.५४ प्रतिशतले बढ्यो ।    

झापा इनर्जीको सेयरमूल्य आज सर्वाधिक अर्थात ३.९६ प्रतिशतले घट्यो । चिरख्वा हाईड्रोको सेयरमूल्य पनि आज ३.८३ प्रतिशत र अपर लोहरे खोलाको सेयरमूल्य ३.६६ प्रतिशतले घट्यो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.