काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसूचक ०.१२ प्रतिशतले घटेको छ । आज १३ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ रहेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको सेयरभाउ १० प्रतिशतले बढेर १३८७.४० रुपैयाँ पुगेको छ भने क्रेष्ट माइक्रो लाइफको ९.९९ प्रतिशतले बढेर ११४७ रुपैयाँ पु्गेको छ ।
त्यस्तै, एशियन लाइफको ०.८० प्रतिशत, हिमालयन लाइफको ०.५४ प्रतिशत, आइएमई लाइफको ०.१६ प्रतिशत, एलआइसी नेपालको ०.०४ प्रतिशत, नेपाल लाइफको ०.२६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.४० प्रतिशत, सन नेपाल लाइफको ०.९१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.०३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२९ प्रतिशत र सानिमा जिआइसीको ०.४१ प्रतिशतले सेयरभाउ बढेको छ ।
यसका साथै आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.७३ प्रतिशतले घटेर ६९५ रुपैयाँ कायम भएको छ । त्यस्तै, सिटिजन लाइफको १.०७ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.६८ प्रतिशत, नेशनल लाइफको १.६९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.२२ प्रतिशत, सुर्यज्योति लाइफको ०.६१ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२२ प्रतिशत, हिमालयन एभरेष्टको ०.६८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.७२ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.४० प्रतिशत, आरबीसीएलको ०.२५ प्रतिशत, शिखरको ०.८८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१६ प्रतिशत, युनाइटेड अजोडको ०.९५ प्रतिशत, हिमालयन रि को ०.८८ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.८३ प्रतिशतले सेयरभाउ घटेको छ ।