बुधबार, जेष्ठ ६,२०८३ 05:11:17
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 05:11:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लगातार ५ दिन बढ्यो नेप्से, कारोबार भने करिब १ अर्बले घट्यो

Laxmi Sunrise Bank Limited
लगातार ५ दिन बढ्यो नेप्से, कारोबार भने करिब १ अर्बले घट्यो
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२३ प्रतिशत अर्थात ६.१६ अंकले बढेर २ हजार ६४६.८४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१९ प्रतिशतले बढेर ४५०.४८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको १ करोड २० लाख ८१ हजार ६०६ कित्ता सेयर ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Bizshala
New Office
CG Motors

यससँगै बजार लगातार ५ दिन बढेको छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन भने ६ अर्ब ३० करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे अर्थशस्त्री सूर्यनारायण पौडेल भन्छन्,‘बजारमा पुस मसान्तको दबाब विस्तारै सकिदै गरेको देखिन्छ । यद्यपी बजारमा केही उत्साह नभएका कारण लगानीकर्ता अझै पनि पर्ख र हेरको अवस्थामा छन् । बजारमा अहिले एक्युमुलेशन पनि चलेको हुन सक्छ । ’

पौडेलले नन फण्डामेन्टल कम्पनीले मात्रै बजारलाई उचाल्न नसकेको र कम्तीमा दैनिक १० अर्ब कारोबार भएपछि मात्रै बजारले गति लिएको मान्न सकिने बताए । प्राविधिक रुपमा यदि बजार २६७० विन्दुभन्दा माथि टिकेको खण्डमा बजारमा फेरि रौनक आउने सम्भावना रहेको समेत उनले बताए ।  

आजको बजारबारे बजार जानकार सुवासचन्द्र ढुंगानाले पनि केही दिनदेखि घटेको बजार सम्हालिन खोजेको र अहिले खरिदको अवसर रहेको बताए । ‘आज बजारमा केही नाफा बुक पनि चलेको छ । यदि बजार २६६० भन्दा माथि दुई दिनसम्म टिकेमा बजारले पुनः एकपटक २८०० विन्दुभन्दा माथिसम्म जान सक्छ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक अर्थात २.६५ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज ०.८० प्रतिशत,हाईड्रो ०.४२,जीवन बीमा ०.६७,लघुवित्त ०.४४,म्युचुअल फण्ड ०.३५,निर्जीवन बीमा ०.४२ र व्यापार समूह ०.५९ प्रतिशतले बढ्यो । लगानी समूह आज अपरिवर्तित रह्यो ।  

बैंकिङ समूह आज ०.२७ प्रतिशत, होटल ०.०४,उत्पादन तथा प्रशोधन ०.२५ र अन्य समूह ०.१८ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Shivam Cement
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिन्धु विकास बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १६ करोड ९२ लाख बढीको कारोबार भयो । सप्तकोशी डेभलपमेन्ट बैंकको पनि आज १४ करोड ५९ लाख,साहस उर्जाको १४ करोड ४९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ९ करोड ८२ लाख र भूगोल इनर्जीको ९ करोड ७९ लाख बढीको कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सप्तकोशी डेभलपमेन्ट बैंक, न्यादी हाईड्रोपावर,प्रभु महालक्ष्मी लाइफ र सिन्धु विकासको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै समृद्धि फाइनान्सको सेयरमूल्य ९.०६ प्रतिशत,सामुदायिक लघुवित्तको ८.६० र अपर हेवाखोलाको सेयरमूल्य ८.३७ प्रतिशतले बढ्यो ।  

यो दिन आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । भूगोल इनर्जीको सेयरमूल्य आज ८.४६ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य ५.६५ प्रतिशतले घट्यो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X