शुक्रबार, श्रावण १,२०८३ 10:25:09
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 10:25:10
Bizshala
Global IME Bank Limited

झण्डै ५० अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजारले अब नयाँ फड्को मार्छ’

झण्डै ५० अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजारले अब नयाँ फड्को मार्छ’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ४९.१५ अंकले बढेर २ हजार ८१५.०४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१२ प्रतिशतले बढेर ४६९.८२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०० वटा स्क्रिप्टको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार विनोद अर्याल भन्छन्,  ‘ आजको बजार विशेष गरेर दुई–तीनवटा कारणले बढेको हो । पहिलो कारण भनेको नेपाल ग्रे लिस्टमा परेकाले ठूला एलसी खोल्न रोकिने त्यो पैसा अल्पकालिन रुपमा बजारमा भित्रिएको हुनसक्छ । अर्को कारण भनेको मौद्रिक नीतिको समीक्षामा बैंकहरुलाई सहज हुनु हो । यी कारणहरुले आज बजार २८ सय विन्दुमाथि टिकेको छ ।’

यस्तै उनले अब बजारले ३ हजार विन्दुसम्मको यात्रा सहजै पुरा सर्ने समेत दाबी गरे । अर्का बजार जानकार सुमन कुमार रिजालले पनि आज भोल्युमसहित बजारले २७८० को प्रतिरोध ब्रेकआउट गरेको बताए । यसले गर्दा बजार अप ट्रेण्डमै रहेको उनले बताए । बैंकहरुलाई मौद्रिक नीतिको समीक्षामा केही सहज व्यवस्था हुनु र गभर्नर पनि बिदामा बस्न सक्ने आँकलनले पनि आज बजार झण्डै ५० अंकले बढेको उलने बताए ।  

उनको विचारमा अब बजारले नयाँ फड्को मार्नेछ ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । बैंकिङ समूहमा आज रौनक देखियो । यो समूह आज ३.३२ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.५३ प्रतिशत, वित्त ०.२८, होटल १.१२,हाईड्रो १.८०,लगानी १.२५,जीवन बीमा ०.८१,उत्पादन तथा प्रशोधन २.९१,लघुवित्त ०.९१,म्युचुअल फण्ड ०.८८,निर्जीवन बीमा ०.७०,अन्य १.०१ र व्यापार समूह १.२० प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ९६ करोड ४७ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमाको पनि आज ७६ करोड ४२ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ४६ करोड ७९ लाख,सिंगटी हाईड्रोको २४ करोड २६ लाख र कुमारी बैंकको २० करोड ३७ लाख बढीको कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गार्डियन माइक्रो,अपर हेवाखोला हाईड्रो,सिन्धु विकास,दोर्दीखोला र लिबर्टी इनजीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन भूगोल इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात ७.१७ प्रतिशतले घट्यो । उपकार लघुवित्तको सेयरमूल्य आज ६.२५ प्रतिशत र आइएमई लाइफको सेयरमूल्य ४.१६ प्रतिशतले घट्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.