काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचका घटेका छन् । जीवन बीमा समूह ०.२५ प्रतिशत र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले घटेको छ । आज ९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ०.७६ प्रतिशतले बढेर २१७७.५९ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सिटिजन लाइफको ०.०५ प्रतिशत, आइएमई लाइफको ०.०५ प्रतिशत, नेशनल लाइफको ०.०३ प्रतिशत, सूर्यज्योति लाइफको ०.०३ प्रतिशत, सन नेपाल लाइफको ०.२८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३१ प्रतिशत, आरबीसीएलको ०.०१ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको सेयरभाउ ०.१० प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.८५ प्रतिशतले घटेर १३९७.७९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एशियन लाइफको ०.१८ प्रतिशत, हिमालयन लाइफको ०.६८ प्रतिशत, एलआइसी नेपालको ०.५७ प्रतिशत, नेपाल लाइफको ०.५३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३२ प्रतिशत, रिलाबयल नेपाल लाइफको ०.५६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.१५ प्रतिशत, हिमालयन एभरेष्टको ०.१९ प्रतिशत, नेपाल इन्स्योरेनसको १.३२ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१४ प्रतिशत, एनएलजीको ०.५६ प्रतिशत, नेपाल माइक्रोको २.३३ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.०६ प्रतिशत, सलिकोको ०.२१ प्रतिशत, सानिमा जिआइसीको ०.३० प्रतिशत, शिखरको १.१२ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१७ प्रतिशत, युनाइटेड अजोडको ०.०६ प्रतिशत र हिमालयन रि को ०.१५ प्रतिशतले घटेको छ ।