बुधबार, श्रावण १४,२०८२ 02:19:35
  • बुधबार, श्रावण १४,२०८२ 02:19:35
Global IME Bank Limited

नेप्सेमा ३३.३३ अंकको गिरावट, सबै समूह राताम्मे

Hyundai Nepal
नेप्सेमा ३३.३३ अंकको गिरावट, सबै समूह राताम्मे
Shivam Cement

काठमाण्डौ । आइतबारको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा आज गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक १.२३ प्रतिशत अर्थात ३३.३३ अंकले घटेर २ हजार ६७०.०६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९० प्रतिशतले घटेर ४४६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड १४ हजार ८८६ कित्ता सेयर ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘आज राष्ट्र बैंकमा गभर्नर नियुक्त हुने आशा गरेका लगानीकर्ता त्यस्तो नहुने भएपछि निराश बन्दा बजारमा आज गिरावट आएको हो । यसका साथै सरकारको काम कारवाहीप्रति पनि लगानीकर्ता सन्तृष्ठ नभएकाले खेलाडीले चलाएका एकाध कम्पनीबाहेक अन्यको सेयरमूल्यमा तीव्र गिरावट देखिएको छ ।’

प्राविधिक रुपमा पनि करेक्टिभ वेब चलिरहेकाले वैशाख महिनामा पनि सेयरबजारमा खासै सुधार नदेखिने थापाको तर्क छ ।  

अर्का बजार जानकार टेकेन्द्र थपलियाले पनि राजनीतिक अन्यौलता र समयमै गभर्नर नियुक्त नहुँदा सेयर बजारमा गिरावट आएको बताए । यसका साथै अहिले चैत महिनाको अन्तिम साता भएकाले आज बजारमा क्लोजिङको पनि दबाब परेको हुनसक्ने उनको आँकलन छ । केही दिनमा गभर्नर नियुक्त भएसँगै भने आगामी सातादेखि बजार सम्हालिन सक्ने उनले विश्वास व्यक्त गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । व्यापार समूह आज सर्वाधिक अर्थात ३.३० प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.९० प्रतिशत, विकास बैंक १.२६,फाइनान्स २.०६, होटल १.३१, हाईड्रो १.२७,लगानी १.४२,जीवन बीमा ०.८१,उत्पादन तथा प्रशोधन १.३५,लघुवित्त १.०४,म्युचुअल फण्ड ०.०७,निर्जीवन बीमा १.२७ र अन्य समूह ०.५१ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५० करोड ३६ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको ४३ करोड २१ लाख,नेपाल पुनर्बीमाको ३३ करोड १७ लाख, राधि विद्युतको २८ करोड ३९ लाख र हिमालयन पावर पार्टनरको २१ करोड ४० लाख बढीको सेयर कारोबार भमयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्य अपर सर्किट लागेन । बुटवल पावर कम्पनीको सेयरमूल्य आज सर्वाधिक अर्थात ६.७५ प्रतिशतले घट्यो । बाराही हाईड्रोपावरको सेयरमूल्य पनि आज ४.७९ प्रतिशत,कुमारी सबल योजनाको ४.६० र नबिल डिबेञ्चर २०८७ को मूल्य २.८७ प्रतिशतले घट्यो ।  

यो दिन अपरहेवा खोलाको सेयरमूल्य सर्वाधिक अर्थात ९.०९ प्रतिशतले घट्यो । हिमालयन पावर पार्टनरको सेयरमूल्य ४.३२ र समृद्धि फाइनान्सको सेयरमूल्य ४.०१ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.