सोमबार, मंसिर १५,२०८२ 07:28:11
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 07:28:11
Bizshala
Global IME Bank Limited

दुई सातापछि २७ सय विन्दुमाथि टिक्यो नेप्से, जानकार भन्छन्,‘सम्हालिने प्रयासमा बजार’

Hyundai Nepal
दुई सातापछि २७ सय विन्दुमाथि टिक्यो नेप्से, जानकार भन्छन्,‘सम्हालिने प्रयासमा बजार’
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.८९ प्रतिशत अर्थात २३.८६ अंकले बढेर २ हजार ७००.०४ विन्दुमा पुगेको छ ।

यससँगै नेप्से २ सातापछि २७ सयमाथि टिकेको छ । यसअघि गत चैत ५ गते नेप्से परिसूचक २७ सय विन्दुबाट तल खसेको थियो ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२४ प्रतिशतले बढेर ४४७.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर ५ अर्ब ४४ करोड ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Garima Development Bank
IME remit

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्,  ‘आज बजार सम्हालिन खोजेको जस्तो देखिन्छ । यद्यपी लगानीकर्ता अझैपनि पर्ख र हेरको अवस्थामै छन् । कारोबार औषतभन्दा अझैपनि तलनै छ ।’

उनले प्राविधिक रुपमा हेर्दा भने अहिले खरिदका लागि उपयुक्त अवसर रहेको बताए । गजुरेलले आन्दोलनको प्रभाव मत्थर हुँदै जादा बजार बिस्तारै माथितर्फ लाग्ने विश्वास व्यक्त गरे ।  

अर्का बजार जानकार अजयसिंह थापा(जयशम्भु)ले पनि आन्दोलनको प्रभाव कम हुँदै गएको, नेप्सेले नयाँ नेतृत्व पाएको र चाडै नियुक्त हुने गभर्नरको विषयले बजारको माहोल सकारात्मक बन्दै गएको बताए । ‘प्राविधिक रुपमा पनि बजार केही माथि जाने देखिन्छ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज व्यापार समूहमा उछाल आयो । यो समूह आज ९.४९ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.६१ प्रतिशत,विकास बैंक ०.५१, फाइनान्स ३.२६,होटल ०.५२,हाईड्रो ०.५४,लगानी १.३९,जीवन बीमा ०.५०,लघुवित्त ०.१२,म्युचुअल फण्ड ०.६५ र अन्य समूह ०.१५ प्रतिशतले बढ्यो ।  

उत्पादन तथा प्रशोधन समूह र निर्जीवन बीमा समूह भने आज क्रमशः१.४३ र ०.२५ प्रतिशतले घटे ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि होल्डिङको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३६ करोड ५५ लाख बढीको कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज ३५ करोड ६ लाख, ङादी ग्रुप पावरको २७ करोड ३२ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको २६ करोड ६६ लाख र हिमालयन पावर पार्टनरको २२ करोड ४९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज विशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।  

हाथवे इन्भेष्टमेन्ट नेपालको सेयरमूल्य पनि आज ६.८३ प्रतिशत,ङादी ग्रुप पावरको ६.६० प्रतिशत र रिभर फल्स पावरको सेयरमूल्य ४.९७ प्रतिशतले बढ्यो ।  

बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशत।ले घट्यो । बलेफि हाईड्रोको सेयरमूल्य पनि आज ४.५५ प्रतिशत र मानुषी लघुवित्तको सेयरमूल्य २.५२ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.