आईतवार, जेष्ठ ३,२०८३ 07:44:17
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 07:44:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कारोबारसँगै घट्यो नेप्से परिसूचक, जानकार भन्छन्, ‘रियल इन्भेष्टर पछि हटेका कारण गति लिएन’

Laxmi Sunrise Bank Limited
कारोबारसँगै घट्यो नेप्से परिसूचक, जानकार भन्छन्, ‘रियल इन्भेष्टर पछि हटेका कारण गति लिएन’
Shivam Cement

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०६ प्रतिशत अर्थात १.६४ अंकले घटेर २ हजार ७११.२२ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१७ प्रतिशतले बढेर ४६३.१२ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३३६ वटा स्क्रिप्टका ७१ लाख ३१ हजार ५५७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब १९ करोड ७७ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ४३ करोड ९० लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘पछिल्लो समय सेयरबजारमा निरन्तर गिरावट आउनुको मुख्य कारण भनेकै सरकारको धरकपड हो । जसरी सरकारले एकपछि एक गर्दै ठूला व्यवसायीहरुलाई पक्राउ गरेको छ, यसले बजारमा प्रवेश गर्न चाहाने नयाँ लगानीकर्तालाई समेत क्रसित बनाएको छ । साथै बजारमा लगानी गरिरहने रियल इन्भेष्टरहरु पनि अहिलेको लागि ब्याक भएका छन्, जसकारण पछिल्लो समय सेयरबजारमा भोल्युम त्यति देखिदैन।’

Bizshala
New Office
CG Motors

उनले भने, ‘लगानीकर्ताहरु अब सरकारले दीर्घकालिन लगानीमा कस्तो खालको नीति ल्याउँछ भन्ने पखाईमा छन् । यसको लागि सरकारले अब नीति तथा कार्यक्रम र बजेटमा सेयरबजारलाई कतिको प्राथमिकता दिन्छ त्यो हेर्नुपर्छ । सरकारले यसअघि घोषणा गरेका नीतिहरु नै अवलम्बन गर्ने हो भने पनि बजारले लय समाउने देखिन्छ, तर कार्यान्वयन हुने वा होइन त्यसको अन्योलता भएका कारण लगानीकर्ताहरुले कन्फिडेन्ट बढाउन सकिरहेका छैनन् । अब बजेटसम्म लगानीकर्ताहरु पखिर्नुको अर्को विकल्प छैन ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छायो भने ५ वटामा रातो पोतियो । आज म्युचुअल फण्ड समूह सर्वाधिक अर्थात ०.८० प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.१६ प्रतिशत, फाइनान्स ०.१९, होटल ०.२२, लगानी ०.४०, लघुवित्त ०.४८, निर्जीवन बीमा ०.१९ र अन्य ०.०३ प्रतिशतले बढ्यो ।

यो दिन उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ०.५६ प्रतिशतले घट्यो ।

यस्तै विकास बैंक समूह ०.५१ प्रतिशत, हाईड्रो ०.४३, जीवन बीमा ०.३२ र व्यापार ०.२५ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Shivam Cement
IME remit

सर्वाधिक कारोबार हुने कम्पनी

आज सोलु हाईड्रोको सर्वाधिक अर्थात २२ करोड ११ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिलायन्स स्पिनिङ मिल्सको १६ करोड ७ लाख, नेशनल हाईड्रोपावरको १४ करोड ८८ लाख, ङादी ग्रुप पावरको १२ करोड ४१ लाख र अपर लोहरे खोलाको १० करोड २१ लाख बढीको सेयर कारोबार भयो ।  

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज फर्वार्ड माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य आज १३.७४ प्रतिशतले बढ्यो ।

यस्तै अपर लोहरे खोला हाईड्रोको सेयरमूल्य ५.९५ प्रतिशत र तारागाँउ रिजेन्सीको सेयरमूल्य ३.३८ प्रतिशतले बढ्यो ।  

यो दिन भगवति हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात ८.९० प्रतिशतले घट्यो । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ७.२७ प्रतिशत र मोदी इनर्जीको सेयरमूल्य ४.१८ प्रतिशतले घट्यो । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.