मंगलवार, भाद्र १०,२०८२ 07:16:21
  • मंगलवार, भाद्र १०,२०८२ 07:16:21
Global IME Bank Limited

लगातार दुई दिन बढ्यो नेप्से, कारोबार ५ महिनाकै न्यून

Hyundai Nepal
लगातार दुई दिन बढ्यो नेप्से, कारोबार ५ महिनाकै न्यून
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ४.८३ अंकले बढेर २ हजार ७६६.०९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशतले बढेर ४७४.८९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको ९२ लाख ४३ हजार २३२ कित्ता सेयर ४ अर्ब १८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार पछिल्लो ५ महिनाकै न्यून हो । यसअघि गत चैत १० गते ४ अर्ब ४८ करोडको कारोबार भएको थियो ।    

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘आधारभूत रुपमा नियाल्दा अहिले बजार सिजिनल रुपमा चलेको छ । हालका लागि सिजिनल रुपमा बजारको बढोत्तरी कम हुँदै गएको छ । लगानीकर्तालाई पहिलो नै जानकारी भईसकेकाले अब लाभांशको घोषणाले पनि बजारलाई ठूलो प्रभाव पार्ने देखिदैन । यस्तै राष्ट्र बैंकले लघुवित्तका लागि सुर्कलर समेत जारी गरिसकेको छ ।’

प्राविधिक रुपमा भने बजारमा एउटा स्विङको सम्भावना रहेको र आज कारोबार कम हुनुमा भने तीजको प्रभाव हुनसक्ने उनले आँकलन गरे ।  

अर्का बजार जानकार विरेन्द्र विष्टले भने लगातार दुई दिनको बढोत्तरीले बजार घट्न रोकिएको मान्न सकिने बताए । बिक्रीकर्ता पछि हटेका कारण आज बजार बढ्दा कारोबार भने घटेको उनले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज अन्य समूह सर्वाधिक अर्थात १.४३ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.२६ प्रतिशत, विकास बेंक १.२८, फाइनान्स ०.२३, होटल ०.२१, हाईड्रो ०.१४,जीवन बीमा ०.२४, म्युचुअल फण्ड ०.२० र व्यापार समूह ०.१२ प्रतिशतले बढ्यो ।  

उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात ०.४८ प्रतिशतले घट्यो । यस्तै लगानी समूह ०.०७ प्रतिशत,लघुवित्त ०.३४ र निर्जीवन बीमा समूह ०.०८ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४८ करोड ९५ लाख बढीको सेयर कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज २१ करोड ७१ लाख, एनआरएन इनफ्रास्ट्रक्चरको १९ करोड ४८ लाख र हिमालयन डिष्ट्रिलरीको १६ करोड ८४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज विकास हाईड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो ।  

नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य पनि आज ८.६१ प्रतिशत,नारायणी डेभलपमेन्ट बैंकको ७.२८, सिवाईसी नेपाल लघुवित्तको ४.५३ र गार्डियन माइक्रो लाइफको सेयरमूल्य ३.७६ प्रतिशतले बढ्यो ।  

नाडेप लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात २.९९ प्रतिशतले घट्यो ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.