मंगलवार, भाद्र ३,२०८२ 05:02:48
  • मंगलवार, भाद्र ३,२०८२ 05:02:48
Global IME Bank Limited

लगातार दुईदिन बढ्यो नेप्से, कारोबार भने निरन्तर संकुचित हुँदै

Hyundai Nepal
लगातार दुईदिन बढ्यो नेप्से, कारोबार भने निरन्तर संकुचित हुँदै
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२३ प्रतिशत अर्थात ६.५१ अंकले बढेर २ हजार ७७६.९० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ प्रतिशतले बढेर ४७७.०६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन ६ अर्ब १८ करोड बढीको कारोबार भएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्,  ‘लगानीकर्ता केही समयदेखि पर्ख र हेरको अवस्थामा छन् । यही कारण कारोबार पनि कम हुँदै गएको छ । मौद्रिक नीतिपछि केही समय बढेको बजारमा कसैले नाफा त कसैले स्टपलस गर्दा बजार घट्न पुगेको हो ।’

उनले धितोपत्र बोर्डले रियल टाइम सेटलमेन्ट गर्ने विषय, अन्तिम १५ मिनेटको औषत निकाल्ने जस्ता विषयले समेत बजारको मनोविज्ञान कमजोर पारेको उनले बताए । यद्यपी बजार सम्हालिन भने खोजेको उनको बुझाई रहेको छ ।  

अर्का बजार जानकार टेकेन्द्र थपलियाले पनि बजारमा कारोबार कम हुँदै जानुले अब बजार सम्हालिन थालेको बताउँछन् । उनले केही दिनमा नै बजारमा सकारात्मक प्रभाव देखिने दाबी समेत गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ १३ वटै समूहमा हरियाली छायो । आज बैंकिङ समूह सर्वाधिक अर्थात ०.५७ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज ०.२३ प्रतिशत, फाइनान्स ०.१७, हाईड्रो ०.२५, लगानी ०.३०,जीवन बीमा ०.२७,उत्पादन तथा प्रशोधन ०.५२, लघुवित्त ०.२६, म्युचुअल फण्ड ०.३०,निर्जीवन बीमा ०.१५, अन्य ०.२४ र व्यापार समूह ०.५१ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन युनाइटेड मोदी हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३१ करोड ७२ लाख बढीको कारोबार भयो । हिमालयन डिष्ट्रलरीको पनि २८ करोड ३७ लाख, राधी विद्युत कम्पनीको २० करोड ३३ लाख, बुटवल पावरको १७ करोड ५० लाख र माउन्टेन इनर्जीको १७ करोड ८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । सान्भी इनर्जीको सेयरमूल्य आज सर्वाधिक अर्थात ६.९८ प्रतिशतले बढ्यो ।  

यो दिन पियो र इनर्जीको सेयरमूल्य पनि ६.०९ प्रतिशत, इष्टर्न हाईड्रोपावरको ४.५८, सिटि होटल्सको ३.५८ र बुटवल पावर कम्पनीको सेयरमूल्य ३.२२ प्रतिशतले बढ्यो ।  

नारायाणी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्यमा आज ६.१४ प्रतिशतको गिरावट आयो । युनाइटेड मोदी हाईड्रोको सेयरमूल्य पनि आज ४.१८ र युनियन हाईड्रोको सेयरमूल्य २.७२ प्रतिशतले खस्कियो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.