शुक्रबार, श्रावण १,२०८३ 12:01:42
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 12:01:42
Bizshala
Global IME Bank Limited

नेप्सेमा उछाल,‘मौद्रिक नीतिको समीक्षाले बजारलाई अप्रत्यक्ष फाइदा’

नेप्सेमा उछाल,‘मौद्रिक नीतिको समीक्षाले बजारलाई अप्रत्यक्ष फाइदा’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उछाल आएको छ । आज नेप्से परिसूचक २.२६ प्रतिशत अर्थात ४५.६९ अंकले बढेर २०६४.४५ विन्दुको उचाईमा पुगेको छ ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.३४ प्रतिशतले बढेर ३६६.७६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा कम्पनीको ५ अर्ब २५ करोड १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।  

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘मौद्रिक नीतिको समीक्षा अप्रत्यक्ष रुपमा पूँजीबजारलाई पनि सहयोग गर्ने खालको थियो । जसका कारण आज बजारमा वृद्धि देखिएको छ । अर्थतन्त्र चलायमान भएपछि नै पूँजी बजारले पनि लय समात्ने हो । बैंकहरुलाई २० प्रतिशत बेच्नु भन्नुको अर्थ अप्रत्यक्ष रुपमा किन्न पनि दिएको हो । ’

यससँगै आम्दानीको ७० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्थाले कर्जाको माग बढ्ने भएकाले अर्थतन्त्र चलायमान हुने देखिएको पौडेलले बताए । ‘बजार एकै पटक नबढ्ने भएकाले धैर्य गर्ने लगानीकर्ताले अब पूँजीबजारबाट राम्रै प्रतिफल पाउने देखिन्छ ।’उनले भने ।  

अर्का बजार जानकार महेश रिजाल भन्छन्,‘ विगतका वर्षहरुजस्तै बजेट अघिको बजारको बढोत्तरी स्वभाविक नै हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोर क्यापिटलको २० प्रतिशत  सेयर बेच्न पाउने व्यवस्थाले पनि बजार आज सकारात्मक बनेको छ । यसका साथैसाथै बजारमा आगामी बजेटमा क्यापिटल गेन ट्याक्स घट्न सक्ने हल्लाका कारण पनि बजारमा वृद्धि देखिएको हो ।’  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज जीवन बीमा समूहमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । आज यो समूह ४.३८ प्रतिशतले वृद्धि भएको छ । आज बैंकिङ समूह २.६३ प्रतिशत,होटल १.३५, हाईड्रो १.२५,विकास बैंक १.६५, उत्पादन तथा प्रशोधन १.६८, निर्जीवन बीमा ३.८१,व्यापार ०.५५, लघुवित्त १.३६, , म्युचुअल फण्ड १.१५,अन्य २.७६,वित्त १.०७ र लगानी समूह १.२९ प्रतिशतले बढ्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

आज सिईडिबि हाईड्रोको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज १४ करोड ८० लाख बढीको सेयर कारोबार भएको छ ।  

यस्तै फर्स्ट माईक्रोफाइनान्सको ११ करोड ६८ लाख र हिमालयन लाइफको ११ करोड २३ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज आरम्भ चौतारी लघुपित्त,सबैको लघुवित्त,सामुदायिक र नेरुडे मिर्मिरे लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

त्यस्तै हिमालयन लघुवित्तको सेयरमूल्य ८.४५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयरकोे ८.०६ र माउन्टेन हाईड्रोको सेयरमूल्य ७.९६ प्रतिशतले बढ्यो ।  

आज माण्डू हाईड्रोका सेयरमूल्य ९.९९ प्रतिशतले घट्दै नकारात्मक सर्किट लाग्यो । यो दिन पिपुल्स पावरको सेयरमूल्य पनि ७.७८ प्रतिशत,बाराही हाईड्रोको ६.३२ र गुराँस लघुवित्तको सेयरमूल्य ५.२१ प्रतिशतले घटेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.