• मंगलवार, आश्विन ७,२०८२ 05:24:58
Global IME Bank Limited

नेप्सेमा लगातार दुईदिन उच्च वृद्धि, सबै समूहमा हरियाली

Hyundai Nepal
नेप्सेमा लगातार दुईदिन उच्च वृद्धि, सबै समूहमा हरियाली
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.२३ प्रतिशत अर्थात ५८.६३ अंकले बढेर २ हजार ६८२.२५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९९ प्रतिशतले बढेर ४६४.३६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर ५ अर्ब २९ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘अघिल्ला दिनहरुमा निराशाका कारण घटेको बजार नयाँ सरकार आएका कारण उत्साह देखिएको छ । यो वृद्धिले अझै केही समय निरन्तरता पाउन सक्छ । यद्यपी प्राविधिक रुपमा भने करेक्टिभ वेबको बढोत्तरी रहेको छ ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अर्का बजार जानकार दामोदर गजुरेलले राजनीतिक परिवर्तन, नयाँ अर्थमन्त्री र उनले पूँजी बजारको सुधारका लागि बनाएको कार्यदलप्रतिको लगानीकर्ताको आत्मविश्वास र  सरकाप्रति नीजि क्षेत्रको विश्वासका कारण बजारमा सुधार आएको बताए ।  

‘अहिले बजारमा कारोबार पनि औषत भन्दा बढीनै छ । यसकारण बजारमा प्यानिकको अवस्था भने हटेको छ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज निर्जीवन बीमा समूह सर्वाधिक बढ्यो । यो समूह आज ३.४८ प्रतिशतले बढ्यो ।  

यस्तै बैंकिङ समूह १.३८ प्रतिशत, विकास बैंक २.९५, फाइनान्स २.१२, होटल २.७८, हाईड्रो ३.३०, लगानी १.६६, जीवन बीमा २.३१, उत्पादन तथा प्रशोधन १.१२, लघुवित्त २.५४, म्युचुअल फण्ड ०.६३, अन्य २.५१ र व्यापार समूह १.८३ प्रतिशतले बढ्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३८ करोड ६८ लाख बढीको कारोबार भयो । युनिभर्सल पावरको पनि आज १८ करोड ३० लाख, हिमालयन डिस्ट्रीलरीको १८ करोड १६ लाख,शिवम् सिमेन्टको १६ करोड ६४ लाख र हिमालयन रि इन्स्योरेन्सका १५ करोड ७२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाईड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी, एशियन हाईड्रोपावर र हिमस्टार उर्जाको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

कालिका पावरको सेयरमूल्य पनि आज ९.८४ प्रतिशत, सयपत्री हाईड्रोको ९.८३ र महिला लघुवित्तको सेयरमूल्य ९.६० प्रतिशतले बढ्यो ।  

यो दिन प्रभु स्माट फण्डको मूल्य सर्वाधिक अर्थात ४.३० प्रतिशतले घट्यो ।  

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.