मंगलवार, जेष्ठ ५,२०८३ 05:27:59
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:27:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेमा सामान्य वृद्धि, जानकार भन्छन्,‘बुलिस यात्राको विकल्प छैन’

Laxmi Sunrise Bank Limited
नेप्सेमा सामान्य वृद्धि, जानकार भन्छन्,‘बुलिस यात्राको विकल्प छैन’
Shivam Cement

काठमाण्डौ । साताको चौथोे कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ९.३३ अंक अर्थात ०.४६ प्रतिशतले बढेर २०१७.०३ विन्दुमा पुगेको छ ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२९ प्रतिशतले बढेर ३५८.३७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘सेयर बजारलाई राजनीतिले समेत प्रभाव पार्ने गर्छ । यसैबीच देशको राजनीतिमा देखिएको उथलपुथलका कारण सेयर बजारमा समेत प्रभाव देखिएको छ । वर्षमान पुन अर्थमन्त्रि बन्ने खबर बाहिरिए पछि पनि बजारले सकारात्मक प्रतिक्रिया जनाएको छ । ’

पुन पनि बजारप्रति उदारवादी ने भएको र उनी मन्त्रि हुँदा जलविद्युत क्षेत्रमा राम्रै प्रभाव छाडेको रौनियारले बताए ।  

अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,‘बजार बियरिसको बटममा छ । त्यसैले बजारप्रति निराश हुनुपर्ने कुनै कारण छैन ।’

अर्थमन्त्रि को बन्ने भन्ने विषयले भन्दा पनि बजार अवस्था कस्तो भन्ने कुराले प्रभाव पार्ने उनले बताए । अहिले बजार धेरै नै घटेकोले बजार माथि जानुको विकल्प नरहेको उनी बताउँछन् । ‘बजारबारे अर्थमन्त्रिले नकारात्मक नबोले मात्रै पनि बजारआफ्नो गतिमा अघि बढ्छ । त्यसैले बुलिस यात्राको विकल्प छैन । ’ उनले भने ।  

Bizshala
New Office
CG Motors

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये तीनवटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज वित्त समूहमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । यो समूह १.६८ प्रतिशतले बढेको छ ।  

त्यस्तै विकास बैंक समूह ०.१३, होटल ०.८६,हाईड्रो ०.९४,लगानी ०.४२,उत्पादन तथा प्रशोधन ०.८०,लघुवित्त ०.७०,निर्जीवन बीमा ०.२७ अन्य १.१७ र व्यापार समूह १.३० प्रतिशतले बढेको छ ।  

आज बैंकिङ समूह ०.१० प्रतिशत,जीवन बीमा ०.०२ र म्युचुअल फण्ड ०.०३ प्रतिशतले घटेको छ ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज सोनापुर मिनरल्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको ३३ करोड ३३ लाख बढीको सेयर कारोबार भएको छ । यो दिन शिवम् सिमेन्टको २७ करोड ७८ लाख,घोराही सिमेन्टको १२ करोड ९४ लाख,हिमालयन रिको १२ करोड ९४ लाख र एनआरएनको ७ करोड ७१ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज दोल्ती पावरको सेयरमूल्य सर्वाधिक बढेको छ । यो कम्पनीको सेयरमूल्य ९.५९ प्रतिशतले बढेको आज स्वरोजगार लघुवित्तको सेयरमूल्य ८.७०,सीवाईसी लघुवित्तको ८ र नेपाल रिपब्लीक मिडियाको सेयरमूल्य ६.९१ प्रतिशतले बढेको छ ।  

यो दिन मोलुङ हाईड्रोको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यो कम्पनीके सेयरमूल्य ९.७१ प्रतिशतले घटेको छ ।  

त्यस्तै गुँरास लघुवित्तको सेयरमूल्य ४.५२ प्रतिशत र बिपिडब्लू लघुवित्तको सेयरमूल्य ३.०४ प्रतिशतले घटेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.