शुक्रबार, श्रावण १,२०८३ 04:22:40
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 04:22:40
Bizshala
Global IME Bank Limited

सेयरबजारको गिरावट आजपनि जारी, कारोबार करिब साढे ३ अर्ब

सेयरबजारको गिरावट आजपनि जारी, कारोबार करिब साढे ३ अर्ब
New Office

काठमाण्डौ । आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.३६ प्रतिशत अर्थात १०.०७ अंकले घटेर २ हजार ७३०.१७ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०७ प्रतिशतले घटेर ४६७.२० विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३३७ वटा स्क्रिप्टका ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब २९ करोड २ लाख बढीको सेयर कारोबार भएको छ ।

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘अहिले बजार बढ्नका लागि सकारात्मक पक्ष हुँदाका वाबजुत पनि सरकारले गरेको धरपकड र सरकारको क्रियाकलाव वा गतिविधिका कारण लगानीकर्ताहरु निरुत्साहित बन्न पुगेका छन् । नत्र बैंकहरुको ब्याजदर घट्दो अवस्थामा छ, यति सस्तो ब्याजदरमै कर्जा लिएर बजारमा लगानी गर्न पाउने वातावरण हुँदा पनि बजार बढ्न नसक्नु भनेकै सरकारप्रति आम लगानीकर्ताले विश्वास गर्न नसक्नु हो ।’

उनले थपे, ‘जसरी अहिलेको स्थिर सरकारले वित्तीय अपराधलाई फौजदारी अपराध जसरी धरपकड गरेको छ, वा वित्तीय अपराधमा संलग्न व्यक्तिलाई फौजदारी अपराध जरी पक्राउ गरिरहेको छ, यसले लगानीकर्ताको मनोबलमा असर पारेको छ । सरकारले त्यस्ता व्यक्तिलाई जरिवाना तिराउनुको सट्टा पक्राउ नै गर्दा बजारमा अब कसले लगानी गर्ने भन्ने प्रश्न पनि छ । सरकारले गरेको व्यवहारले नै सेयर लगानीकर्ताहरु निरुत्साहित बनेका हुन् र बजार घटेको हो ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक ३ वटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज जीवन बीमा समूह ०.०१ प्रतिशत, म्युचुअल फण्ड ०.०८ र व्यापार समूह ०.३२ प्रतिशतले बढ्यो ।

अन्य समूह आज सर्वाधिक अर्थात २ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.०६ प्रतिशत, विकास बैंक ०.५३, फाइनान्स ०.७२, होटल ०.३०, हाईड्रो ०.२५, लगानी ०.२६, उत्पादन तथा प्रशोधन ०.५२ र निर्जीवन बीमा समूह ०.५१ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक अर्थात ३७ करोड ६८ लाख बढीको सेयर कारोबार भयो । यस्तै साहस उर्जाको १८ करोड ७७ लाख, एसवाई प्यानल नेपालको १८ करोड ५४ लाख, युनियन हाईड्रोपावरको १४ करोड ८९ लाख र माउन्टेन इनर्जीको ७ करोड ४८ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये युनियन हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.७९ प्रतिशतले बढ्यो । यस्तै क्रेष्ट माईक्रोलाइफको ९.२२ प्रतिशत र सामुदायिक लघुवित्तका सेयरमूल्य २.५० प्रतिशतले बढ्यो ।

एशियन हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.८९ प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.