शनिबार, श्रावण २,२०८३ 03:58:13
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 03:58:13
Bizshala
Global IME Bank Limited

आजपनि ओरालो लाग्यो सेयरबजार, राजनीतिक स्थिरता नआएसम्म बजारले फड्को नमार्ने जानकारको तर्क

आजपनि ओरालो लाग्यो सेयरबजार, राजनीतिक स्थिरता नआएसम्म बजारले फड्को नमार्ने जानकारको तर्क
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आजपनि सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.५३ प्रतिशत अर्थात १३.८८ अंकले घटेर २ हजार ५८१.२१ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५० प्रतिशतले घटेर ४४६.०१ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर ३ अर्ब ५१ करोड ५९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे बजार जानकार सालिकराम ढकाल भन्छन्, ‘अहिले बजार बढ्न नसक्नुको मुख्य कारण भनेको अस्थिर राजनीतिका कारण लगानीकर्ताहरुको मनोबल बढ्न नसक्नु हो । फेरिपनि केही समूहद्वारा आन्दोलन हुने हल्ला छ, यस्तो विषयले लगानीकर्तामा भएको मनोबल झनै घट्ने सम्भावना रहन्छ । बजार अहिले त्यस्तो धेरै घटेको पनि छैन र ह्वात्तै बढीहाल्ने खालका त्यस्ता केही पोलिसी पनि आएका छैनन् । दीर्घकालिन लगानी गर्ने सेयर लगानीकर्ताहरु यतिबेला पर्ख र हेरको अवस्थमा छन् । साथै केही दिनअघि ठूलो सेयर खेलाडी मानिने दिपेन्द्र अग्रवाललाई पक्राउ गरेको विषयले पनि सेयरबजारलाई प्रभाव पारेको देखिन्छ । जबसम्म स्थिर राजनीति तथा सरकार आउँदैन तबसम्म बजारले ठूलो फड्को मार्ने देखिँदैन ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो। आज व्यापार समूह मात्रै बढ्यो । यो समूह आज ०.५७ प्रतिशतले बढ्यो ।

आज होटल समूह सर्वाधिक अर्थात १.२६ प्रतिशतले घट्यो। यस्तै बैंकिङ समूह ०.३५ प्रतिशत, विकास बैंक ०.३७, फाइनान्स ०.१५, लगानी ०.९७, जीवन बीमा १.०१, उत्पादन तथा प्रशोधन ०.३२, लघुवित्त ०.४५, म्युचुअल फण्ड ०.०६, निर्जीवन बीमा ०.४५ र अन्य ०.६९ प्रतिशतले घट्यो । 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज लुम्बिनी विकास बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १० करोड ३० लाख बढीको सेयर कारोबार भयो ।

यस्तै सन नेपाल लाइफको ८ करोड २६ लाख, मन्जुश्री फाइनान्सको ७ करोड ३९ लाख, हिमालयन पावर पार्टनरको ७ करोड २९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज एसवाई प्यानलको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५.९० प्रतिशत, पियोर इनर्जीको ५.८७ र हिमालयन पावर पार्टनरको सेयरमूल्य ३.५२ प्रतिशतले बढ्यो ।

यो दिन मानुषी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ६.८४ प्रतिशतले घट्यो। लक्ष्मी लघुवित्तको सेयरमूल्य पनि आज ५.५८ प्रतिशत र स्वस्तिक लघुवित्तको सेयरमूल्य ५.५१ प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.